२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गैँडाकोटको हनुमान् मन्दिरबाट धार्मिक पर्यटन प्रवर्द्धन गरिँदै

अ+ अ-

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटस्थित शिखरखजुराव शैलीमा निर्मित हनुमान् मन्दिर परिसरमा चैत्र शुक्लपूर्णिमा एवं हनुमान् जयन्ती विशेष मेला लाग्ने भएको छ ।

यस वर्षको चैत शुक्लपूर्णि यही चैत १९ गते परेको छ । शिखरखजुराव शैलीको यस मन्दिरमा रामभक्त हनुमान्लाई ५१ किलोको लड्डु अर्पण गरिने तयारी भएको छ ।

हनुमान् मन्दिर समिति चक्रघाटका अध्यक्ष लीलाधर कँडेलले हनुमान् जयन्तीलाई मनाउने तयारी भइरहेको जानकारी दिए । उनका अनुसार हनुमान् जयन्तीका दिन बिहान साँझेसम्म विभिन्न धार्मिक कार्यक्रम एवं अनुष्ठान हुनेछन् । तीमध्ये १२ घण्टे अखण्ड श्रीहरिनाम सङ्कीर्तन, लक्ष्यदीप प्रज्ज्वलन, हनुमान चालीसा पाठपरायण, वैदिक विधिअनुसार श्रीहनुमत पूजन तथा विशेष सन्ध्या आरती प्रमुख आकर्षण हुनेछन् ।

यस मन्दिर विसं २०४२ चैत ३० गते स्थापना भएको हो । नारायणी नदीकिनारको सालको जंगलमा करिब १८.५ हेक्टर क्षेत्रफलमा फैलिएको मन्दिर २०७९ साल वैशाख ३ गते पुनर्निर्माण गरी हनुमान्को मूर्तिको प्राण प्रतिष्ठा गरिएको थियो । मन्दिरका सचिव उमाकुमारी पाण्डेका अनुसार तीन तहका सरकारबाट रु ६३ लाख र विभिन्न दाताबाट करिब रु साढे दुई करोड सहयोगसहित रु तीन करोड बढी लागतमा ४२ फिट लम्बाइ, ४२ फिट चौडाइ र ६३ फिट उचाइ भएको शिखरखजुराव शैलीको मन्दिर निर्माण गरिएको हो ।

सचिव पाण्डेले हाल मन्दिरमा दैनिक रूपमा नेपाली तथा भारतीय धार्मिक पर्यटक आउने गरेको जानकारी दिए । उनका अनुसार दैनिक पाँच सय बढी आन्तरिक भक्तजन तथा १२ वटासम्म गाडीमा भारतीय भक्तजन आउने गरेका छन् । विशेषगरी शनिबार र मंगलबार यहाँको हनुमान मन्दिरमा दर्शन तथा पूजाआजा गर्नका लागि धार्मिक पर्यटकको भीड बढी हुने उनले उल्लेख गरे ।

मन्दिरमा भक्तजनलाई बस्न सहज बनाउन चारवटा कोठा र करिब ५० क्षमताको एउटा हल निर्माण गरिएको छ । मन्दिरका सहकोषाध्यक्ष होमनाथ सापकोटाका अनुसार डबल बेडका कोठाको शुल्क प्रतिकोठा रु ५०० तोकिएको छ भने हलमा बस्नका लागि प्रतितीर्थयात्री रु १०० लिइनेछ । उनले मन्दिरको धर्मशालामा बस्ने भक्तजनले खाना आफैँ पकाउनुपर्ने तर पानी तथा पकाउने ठाउँको व्यवस्था मन्दिरले उपलब्ध गराएको बताए ।

साथै, मन्दिरलाई अझ व्यवस्थित बनाउँदै जिल्लाकै उत्कृष्ट धार्मिक गन्तव्य बनाउन तयारी भइरहेको पनि उनले जानकारी दिए । सहकोषाध्यक्ष सापकोटाले चक्रघाटमा स्नान गर्दा सांसारिक मायामोहबाट मुक्ति प्राप्त हुने विश्वास रहेको उल्लेख गर्दै हरिशयनी तथा हरिबोधिनी एकादशी, माघे सङ्क्रान्ति, नयाँ वर्षलगायतका अवसरमा यहाँ भक्तजनको भीड लाग्ने गरेको बताए । गैँडाकोटको हनुमान् मन्दिर हिन्दू धर्मावलम्बीहरूको धार्मिक आस्थाको केन्द्रमात्र नभई नवलपुर जिल्लाको प्रमुख धार्मिक पर्यकीय गन्तव्य बन्दै गएको स्थानीय बताउँछन् ।

मन्दिर निर्माणमा प्रयोग भएको दक्षिण भारतीय शैलीको अनौठो वास्तुकला, पूर्वपश्चिम राजमार्गमा रहेको देशकै एकमात्रै ठूलो हनुमान मन्दिर, भारतीय पर्यटकको आकर्षण तथा देशकै केन्द्रभागमा भएकाले हनुमान मन्दिरलाई जिल्लाकै धार्मिक पर्यटनको नमूना बनाउन सकिने मन्दिर समितिको विश्वास रहेको छ ।