काठमाडौँ । अन्तर्राष्ट्रिय आरोग्य दिवसको अवसर पारेर देशभर विविध स्थानमा योग अभ्यास कार्यक्रमहरू आयोजना गरिएको छ।
सोही अवसरमा राजधानीको टुँडिखेलमा विशेष कार्यक्रमसहित सामूहिक योग अभ्यास सम्पन्न गरिएको छ।
उक्त कार्यक्रममा सभामुख डोलप्रसाद अर्याल लगायत सरकारी निकायका प्रतिनिधि, राजनीतिक क्षेत्रका व्यक्तित्व, निजामती कर्मचारी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो।
सहभागीहरूले योग अभ्यासमार्फत शारीरिक तथा मानसिक स्वास्थ्य सुदृढीकरणमा जोड दिँदै आरोग्य सचेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाएका छन्।








