काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ उपत्यका विकास प्राधिकरणका पूर्व विकास आयुक्त भाइकाजी तिवारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले बिहीबार विशेष अदालतमा दायर गरेको मुद्दामा तिवारीमाथि करिब १० करोड ५४ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप उल्लेख गरिएको छ ।
अनुसन्धानका क्रममा सोही प्रकरणमा उनकी श्रीमती देवी तिवारी र छोरी मिरा तिवारीलाई समेत प्रतिवादीका रूपमा समेटिएको जनाइएको छ ।
अख्तियारले संकलित प्रमाणका आधारमा सार्वजनिक पदमा रहँदा आर्थिक अनियमितता भएको निष्कर्षसहित मुद्दा अघि बढाइएको अख्तियारले जनाएको छ ।









