२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्ट्रेट अफ होर्मुज पार गर्न खोजे आक्रमण हुन्छ: इरान

अ+ अ-

काठमाडौँ । इन्धन ढुवानीको अत्यन्त संवेदनशील जलमार्ग स्ट्रेट अफ होर्मुज फेरि तनावको केन्द्र बनेको छ । इरानले जलमार्ग पुनः बन्द गरेको घोषणा गर्दै अमेरिकी नाकाबन्दी नहटेसम्म कुनै पनि जहाजलाई आवतजावत गर्न नदिने चेतावनी दिएको छ ।

इरानको इस्लामिक रिभोल्युशनरी गार्ड कोर्प्स (आईआरजीसी) नौसेनाले शनिबार सार्वजनिक गरेको वक्तव्यमा स्ट्रेट अफ होर्मुजबाट गुज्रिन खोज्ने कुनै पनि जहाजलाई ‘निशाना बनाइने’ चेतावनी दिएको छ ।
फारसको खाडी र ओमान सागरबाट हर्मुजतर्फ बढ्ने जहाजलाई शत्रुसँगको सहकार्य मानिने पनि इरानले स्पष्ट पारेको छ ।

पाकिस्तानको मध्यस्थतामा अमेरिका र इरानका प्रतिनिधिबीच भएको वार्तामा इरानले स्ट्रेट अफ होर्मुजको बाटो खुला गर्ने सहमति भएको थियो ।
तर लगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथिको नाकाबन्दी जारी रहने बताएका थिए । उनले इरानको युरेनियम अमेरिका लैजाने सहमति भएको दाबीसमेत गरेका थिए ।

इरानले भने युरेनियम अमेरिका लैजाने सहमति भएको भनेर ट्रम्पले झुटो बोलेको टिप्पणी गरेको थियो । साथै नाकाबन्दी हट्नुपर्ने माग राखेको थियो ।

वार्तामा सहमति भएको र इरानले अस्थायी रूपमा जलमार्ग खोल्दै सबै व्यावसायिक जहाजका लागि सुरक्षित रहेको जनाएको २४ घन्टा नबित्दै पुनः तनाव चुलिएको छ । सहमतिको खबरले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यसमेत घटेको थियो ।

इरानका संसद् सभामुख तथा वार्ताकार मोहम्मद बाकर गालिबाफले टेलिभिजन अन्तर्वार्तामा स्ट्रेट अफ होर्मुज ‘इस्लामिक गणतन्त्रको नियन्त्रणमा रहेको’ दाबी गरेका छन् । उनले अमेरिकी नौसैनिक नाकाबन्दीलाई ‘अपरिपक्व र अज्ञानतापूर्ण निर्णय’ भन्दै आलोचना गरेका छन् ।

0 Comments