काठमाडौँ । ठगी सम्बन्धी कसूर मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ परेका छन् ।
काठमाडौँ महानगरपालिका–१४ कलंकी बस्ने नवलपरासी पश्चिम सुस्ता गाउँपालिका–३ घर भएका ३९ वर्षीय सागर रेग्मीलाई सोमबार नेपाल प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँबाट उक्त मुद्दामा २०८२ माघ १९ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।







