२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

८ सय जना प्राथमिक उपचारकर्ता तयार गर्दै काठमाडौँ महानगरपालिका 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सबै वडामा प्राथमिक उपचार तालिम सञ्चालन गरेर ८ सय जना प्राथमिक उपचारकर्ता जनशक्ति तयार गरिरहेको छ । यसका लागि नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँगको सहकार्यमा वडा स्तरीय तालिम सञ्चालन भइरहेको छ । 

‘वडा क्षेत्रभित्र हुने घटना व्यवस्थापन गर्न प्राथमिक उपचार तालिम प्रभावकारी हुनेछ ।’ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले, घटनाका प्रकृति फरक हुँदै गएको अवस्था विश्लेषण गर्दै भने  ‘सबै खालका घटनाको व्यवस्थापन गर्ने क्षमता विकास गराउन काम भइरहेको छ ।’ वडा स्तरीय प्राथमिक उपचार तालिम अन्तर्गत कन्या माध्यमिक विद्यालयमा वडा १७ का स्थानीयका लागि सञ्चालित तालिमको समापन गर्दै उनले भने,  ‘सिप सिकेको राम्रो । तर, सकेसम्म यो सिपको प्रयोग गर्नु नपर्ने अवस्था हुनु राम्रो हो । परि हालेका बेला कसैले पनि पछाडि हट्नु हुँदैन ।’ 

‘रेडक्रसले आफूलाई होइन, अरूका लागि भन्ने सिकाउँछ ।’ उनले भने, ‘प्राथमिक उपचार पनि अरूको सेवा गर्छु भनेर सिक्ने सिप हो । यो आफूलाई कम र अरूलाई धेरै काम लाग्छ ।’ उनको भनाइ थियो । 

‘महानगरपालिकाले स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन समुदाय स्तरीय स्वास्थ्य सचेतना, क्षमता विकाससहित प्रवर्धन केन्द्रहरूमा प्रयोगशालासहितका सुविधा थपिएको छ ।’ स्वास्थ्य विभागका प्रमुख दिपककुमार के. सी. ले भने, ‘करदाताले तिरेको करलाई स्वास्थ्य सेवाको पहुँच र स्तर वृद्धि गर्नमा खर्च गरिरहेका छौँ ।’

तालिममा सिकेको सिप घटना नभए पनि अभ्यास गरिरहनुपर्छ नत्र बिर्सेर आपतका बेला काम नलाग्न सक्छ । कार्यक्रममा वडा सदस्य जितेन्द्र खड्गीले भने, ‘प्रशिक्षार्थी आफैँको तत्परताले नियमित अभ्यास सम्भव छ ।’

महानगरपालिकासँगको सम्झौतालाई गुणस्तरीय दायित्वका रूपमा पूरा गर्ने बताउँदै रेडक्रस सोसाइटी काठमाडौँ शाखाका सभापति श्यामकाजी डोटेलले, अहिलेको लगानी विपद्का समयमा काम लाग्ने बताए । 

तालिमका प्रशिक्षक राजाराम श्रेष्ठले तालिममा १६ वर्षदेखि ६५ वर्ष उमेर समूहका सहभागी भएको, २३ जना महिला र २ जना पुरुष सहभागी भएको जानकारी दिए । 

प्रशिक्षार्थीहरूले, घरमै बसिरहेको बेला महानगरपालिकाले अवसर दिएको, सुरुमा तालिमलाई औपचारिक रूपमा मात्र लिएको तर सिक्दै गएपछि अझ धेरै सिक्न बाँकी रहेछ भन्ने महसुस भएको प्रतिक्रिया दिए ।  

यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्र नेपाल सहित १९२ देशमा मान्य हुनेछ । तालिममा दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था बिग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने सिप सिकाइन्छ ।

दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपत्कालीन परिस्थितिमा बिरामीलाई अस्पताल पुर्‍याउनु अघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । यसका लागि घटना स्थल वरपर जे सामान तथा वस्तु पाइन्छ, त्यसैलाई प्रयोग गरेर जीवन बचाउने तथा अवस्था थप बिग्रिन नदिने वा उपचारका लागि अस्पताल लैजाने विधि सिकाइन्छ । 

यसमा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । सरीरबाट रगत बग्दा, नाकबाट रगत बग्दा नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, बिच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, वेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुबेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा बिरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।

0 Comments