काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद सजाय सुनाइएका एक फरार कैदीलाई प्रहरीले पक्राउ गरेको छ।
लागु औषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–६ निवासी ४१ वर्षीय जीवनबहादुर पुर्कुटी रहेका छन्, जो ‘जीवन पुर्कुटी’ नामले परिचित छन्।
अदालतले उनलाई कर्तव्य ज्यान कसुरमा २५ वर्ष कैद सजाय तथा एक लाख रुपैयाँ जरिवाना तोकेको थियो। उनी यसअघि जेन जेड आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका थिए।
प्रहरीले पक्राउपछि उनलाई फैसला कार्यान्वयनका लागि पुन: सुन्धारास्थित कारागारमा पठाइएको जनाएको छ।







