२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एरिका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठको आरोपप्रति राखेपको स्पष्टीकरण

अ+ अ-

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले कराते प्रशिक्षक कुशल श्रेष्ठले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका क्रममा राखेपबाट आवश्यक सहयोग नपाएको भनी सञ्चार माध्यममा व्यक्त गरेका भनाइप्रति औपचारिक ध्यानाकर्षण जनाएको छ।

राखेप प्रशासन विभाग प्रमुख भोजानन्द राईले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रशिक्षक श्रेष्ठले सार्वजनिक रूपमा उठाएका आरोपको खण्डन गरेका छन्। विज्ञप्तिमा संस्थागत तर्फबाट उपलब्ध गराइँदै आएको सहयोग तथा लगानीका विषयमा स्पष्टता दिइएको जनाइएको छ।

राखेपका सहायक प्रशिक्षकसमेत रहेका श्रेष्ठ चर्चित कराते खेलाडी एरिका गुरुङका प्रशिक्षक हुन्। परिषद्ले श्रेष्ठ तथा खेलाडी गुरुङ दुवैलाई विभिन्न समयमा गरिएको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी विवरण सार्वजनिक गरेको जनाएको छ।

राखेपले संस्थागत समर्थनसम्बन्धी विषयमा उठेका प्रश्नहरूको प्रस्टीकरण दिँदै खेलाडी तथा प्रशिक्षकलाई उपलब्ध गराइँदै आएको सहयोग प्रक्रियालाई पारदर्शी बनाउने प्रतिबद्धता दोहोर्‍याएको छ।

विज्ञप्तीमा भनिएको छ  : 
राष्ट्रिय खेलकुद् परिषदले खेलाडीहरूलाई अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी हुन जादाँ सहयोग गर्दै आएको सर्वविधितै छ । खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि यथासक्य आर्थिक सहयोग गर्नु दायित्व र जिम्मेवार पनि हो । विभिन्न खेलका खेलाडीहरू पछिल्लो समयमा पनि परिषद्को सहयोगमा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागी भइरहेका छन् । 

मिसन २०२६ अन्तर्गत विगत वर्षहरू देखि नै खेलाडीहरूलाई सिमित श्रोत साधानका बाबजुत नियमित विशेष प्रशिक्षण गराई रहेको छ । तर विगत दुई महिना देखि बजेट अभावमा सो प्रशिक्षण प्रभावित भएको छ । सोही क्रममा विशेष प्रशिक्षणमा रहेकी प्रतिभावान खेलाडी एरिका गुरुङ चीनको लेसानमा भएको कराते वान प्रिमियर लीगमा सहभागी भई नेपाललाई रजत पदक दिलाउन सफल भएकी थिइन ।  

सो प्रतियोगितामा जानका लागि बजेट अभावका कारण आर्थिक सहयोग गर्न नसकिएको प्रति परिषद दुःखी बनेको छ । तर खेलाडी गुरुङलाई सो प्रतियोगितामा सहभागी हुन विभिन्न सस्थाहरूले सहयोग पुर्‍याउनु भएको थियो । सहयोगका लागि परिषद धन्यवाद ज्ञापन गर्दछ ।  

तर सो प्रतियोगितामा परिषद्ले सहयोग नभएको भन्दै विभिन्न सन्चार माध्यमहरूमा परिषदका सहायक प्रशिक्षक समेत रहेका गुरुङका प्रशिक्षक कुशल श्रेष्ठले लगाएको आरोप प्रति परिषदको गंभिर ध्यानाकर्षण भएको छ । हाल सम्म एरिका गुरुङको प्रशिक्षण तथा क्षमता अभिवृद्धिका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता (एक्सपोजर) र पुरस्कार दिलाउन राखेपले पर्याप्त ध्यान दिएको र सहयोग गरेको जानकारी गराइन्छ । 

अन्तर्राष्ट्रिय सहभागिताका लागि चालु आर्थिक वर्षमा खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठलाई हवाईजहाज टिकट, खाना तथा बसोवास र फुटकर खर्च वापत  २६८६५४३-(छब्वीस लाख छयासी हजार पाँच सय त्रिचालीस रुपयाँ मात्र) भुक्तानी भई सकेको छ । यस्तै आर्थिक वर्ष २०८०/२०८१ देखि हाल सम्म जम्म रु ४८६९०५२–(अठ्चालीस लाख उनान्सत्तरी हजार  बाउन्न मात्र) भुक्तानी गरिएको जानकारी गराइन्छ ।   

0 Comments