२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण

अ+ अ-

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयले आज  स्थापना दिवसको अवसरमा सो कुरा बाहिर ल्याएको हो । 

विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । सो विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ । 

 विश्वविद्यालयका रजिष्ट्रार प्रा. डा. सुविरसिंहले कृषि स्नातकमा तीन हजार १४ जना, कृषि स्नातकोत्तरमा ८८८ जना र कृषि विद्यावारिधिमा ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।  

यसैगरी, पशुचिकित्सा तथा पशुपालन स्नातकमा ३८८ जना, पशु चिकित्सा स्नातकोत्तरमा २०१ जना, पशुविज्ञान स्नातकोत्तरमा १११ जना र पशुचिकित्सा तथा पशुविज्ञान विद्यावारिधिमा १० जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

प्रा डा सिंहले मत्स्यविज्ञान स्नातकमा ११३ जना, मत्स्यविज्ञान स्नातकोत्तरमा ५० जना र मत्स्यविज्ञान विद्यावारिधिमा चार जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

यस्तै वनविज्ञान स्नातकमा ८९३ जना, स्नातकोत्तरमा १७६ जना र विद्यावारिधि चार जनाले उत्तीर्ण गरेका छन् । तीन वटै संकायको स्नातकमा चार हजार ४०८ जना, स्नातकोत्तरमा १४२६ जना र विद्यावारिधिमा ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

पाँच हजार ९०६ जना उत्तीर्ण विद्यार्थीमध्ये अधिकांशजसो स्नातक, स्नातकोत्तर र विद्यावारिधिमा सोही विश्वविद्यालयका विद्यार्थी उत्तीर्ण भएका हुन् भने केही बाहिरी देशबाट पनि उत्तीर्ण भएका हुन् । 

Leave a Reply