६ श्रावण २०८३, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना

अ+ अ-

दमौली(तनहुँ) । तनहुँमा १७ हजार नौ सय ४८ प्रतिष्ठानको गणना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय तनहुँले वैशाख २ गतेदेखि असार ७ गतेसम्म १७ हजार नौ सय ४८ प्रतिष्ठानको आर्थिक गणना सम्पन्न गरेको हो । 

आर्थिक गणना कार्यालयका प्रमुख ऋषिराम सिग्देलले १७ हजार आठ सय ७५ प्रतिष्ठानको कागजी प्रश्नावलीमार्फत र ७३ प्रतिष्ठानको इ–सेन्ससमार्फत गणना गरिएको जानकारी दिए । 

तनहुँ जिल्लामा २०७५ सालमा गरिएको आर्थिक गणनामा १२ हजार चार सय ३३ प्रतिष्ठानको गणना गरिएको थियो । हालको गणना कार्यका लागि १७ हजार तीन सय ६६ लक्ष्य राखिएकामा लक्ष्यभन्दा बढी प्रतिष्ठानको गणना गरिएको सिग्देलले बताए। 

उनले भने, “लक्ष्यभन्दा १०३ प्रतिशत बढीले गणना कार्य सम्पन्न भएको छ । गणना सङ्ख्या अझै बढ्नेछ र असार मसान्तसम्ममा प्रतिष्ठानको अन्तिम सङ्ख्या प्राप्त हुनेछ ।”

आर्थिक गणनामा गणनाको दायराभित्र पर्ने सन्दर्भ अवधि (आर्थिक वर्ष २०८१/८२) मा आर्थिक क्रियाकलाप सञ्चालन गरेका सबै प्रतिष्ठानहरूको तथ्यांक संकलन गरिएको छ । सिग्देलले यो पूर्ण गणना भएको हुनाले कुन पनि प्रतिष्ठान छुट्नु हुँदैन र प्रतिष्ठान नछुटुन् भन्ने अभिप्रायले कार्यालयले जिल्लास्थित विभिन्न सरकारी निकाय तथा निजी क्षेत्रका विभिन्न संघसंथासँग समन्वय तथा सहकार्य गरिएको सिग्देलले बताए । 

गणना कार्य समन्वय गर्न जिल्लास्तरमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला आर्थिक गणना समन्वय समिति गठन भएको छ भने पालिकास्तरमा स्थानीय तह प्रमुखको संयोजकत्वमा समन्वय समितिहरू गठन भएका छन् । त्यसैगरी वडास्तरमा वडाध्यक्षको संयोजकत्वमा आर्थिक गणना वडा सहजीकरण समिति क्रियाशील रहेको छ ।  

गणनामा कुनै पनि प्रतिष्ठान छुटे नछुटेको अनुगमन गर्नका लागि आइतबार नै तनहुँ जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीको नेतृत्वमा जिल्ला आर्थिक गणना अधिकारीसमेतको समूहले जिल्लाका म्याग्दे गाउँपालिका, शुक्लागण्डकी नगरपालिकाको अनुगमन निरीक्षण गरेको छ । सो अवसरमा होटल व्यवसायी संघ तनहुँका अध्यक्ष गिरीबहादुर थापा, शुक्लागण्डकी उद्योग वाणिज्य संघका अध्यक्ष समुन्द्रराम श्रेष्ठ, स्थानीय उद्योग व्यवसायी तथा फिल्डमा खटिएका गणक तथा सुपरिवेक्षकसँग भेटघाट तथा अन्तरक्रिया गरिएको थियो । 

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारीले गणना कार्यको प्रगति तथा समस्याका बारेमा जानकारी लिएका थिए भने सो अवसरमा प्रमुख जिल्ला अधिकारीबाट शुक्लागण्डकीस्थित कृषि उपज संकलन बिक्री केन्द्रको अनुगमन गरेका थिए । 

0 Comments