१० श्रावण २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘आर्थिक रूपान्तरणमा टेवा पुग्ने गरी विकास कूटनीतिलाई प्राथमिकता’ : परराष्ट्र मन्त्री खनाल

अ+ अ-

काठमाडौँ । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परराष्ट्र नीति राष्ट्रिय समृद्धि र नागरिकको हितसँग प्रत्यक्ष रूपमा जोडिनुपर्ने बताउँदै सरकारले परिणाममुखी विकास कूटनीतिलाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयद्वारा सोमबार आयोजित ‘प्रा. यदुनाथ खनाल व्याख्यान शृङ्खला’को पाँचौँ संस्करणलाई सम्बोधन गर्दै उनले कूटनीतिक संयन्त्रलाई आर्थिक रूपान्तरणको माध्यमका रूपमा प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए। उनका अनुसार विदेशस्थित नेपाली नियोगहरूलाई आर्थिक कूटनीति, व्यापार विस्तार, वैदेशिक लगानी आकर्षण, पर्यटन प्रवर्द्धन, प्रविधि साझेदारी तथा अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तारजस्ता क्षेत्रमा केन्द्रित गर्दै लगिएको छ।

मन्त्री खनालले परराष्ट्र नीतिको अन्तिम उद्देश्य नागरिकको कल्याण, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हुनुपर्ने धारणा व्यक्त गरे।

विश्व व्यवस्थामा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै उनले प्रमुख शक्तिबीचको प्रतिस्पर्धा, आपूर्ति शृङ्खलाको पुनर्संरचना, आर्थिक साधनको रणनीतिक प्रयोग तथा महत्वपूर्ण पूर्वाधारको बढ्दो भूमिकाले अन्तर्राष्ट्रिय सम्बन्धको स्वरूप परिवर्तन गरिरहेको बताए। साथै, कृत्रिम बुद्धिमत्ता, डिजिटल अर्थतन्त्रलगायत उदीयमान प्रविधिले शक्ति सन्तुलन र अवसरको विश्वव्यापी वितरणलाई नयाँ ढंगले परिभाषित गरिरहेको उनको भनाइ थियो।

उनले नेपालजस्ता मुलुकका लागि यस्ता परिवर्तनले चुनौतीसँगै नयाँ अवसर पनि सिर्जना गरेको उल्लेख गर्दै बदलिँदो अन्तर्राष्ट्रिय परिवेशलाई स्पष्ट नीति, आत्मविश्वास र विवेकपूर्ण दृष्टिकोणका साथ सामना गर्नुपर्ने बताए। परराष्ट्र नीति समयानुकूल परिमार्जित हुँदै राष्ट्रिय हितप्रति दृढ रहनुपर्नेमा उनले जोड दिए।

मन्त्री खनालले संयुक्त राष्ट्रसंघको बडापत्रका उद्देश्य र सिद्धान्त, पञ्चशील, असंलग्नता तथा शान्तिपूर्ण सहअस्तित्व नेपालको परराष्ट्र नीतिका आधारभूत मान्यता रहेको उल्लेख गरे। यी सिद्धान्तले आज पनि नेपालको बाह्य सम्बन्ध सञ्चालनका लागि मार्गदर्शन गरिरहेको उनले बताए।

असंलग्नताको अवधारणालाई निष्क्रियता वा अलगावका रूपमा व्याख्या गर्न नहुने धारणा राख्दै उनले यसका लागि सक्रिय सहभागिता, स्वतन्त्र निर्णय क्षमता तथा अन्तर्राष्ट्रिय घटनाक्रमलाई राष्ट्रिय हितका आधारमा मूल्याङ्कन गर्ने दृष्टिकोण आवश्यक पर्ने बताए। प्रा. यदुनाथ खनालले अघि सारेको राजनीतिक स्थायित्व र आर्थिक प्रगतिबाट कूटनीतिक विश्वसनीयता सुदृढ हुने विचार पनि उनले स्मरण गरे।

परराष्ट्र मन्त्री खनालले नेपाली नागरिकको विकास, रोजगारी र समृद्धिप्रतिको अपेक्षा बढ्दो क्रममा रहेको उल्लेख गर्दै ती आकांक्षा पूरा गर्न परराष्ट्र नीतिलाई थप परिणाममुखी बनाइने बताए। उनले सुशासन र उच्च आर्थिक वृद्धिलाई वर्तमान सरकारका प्रमुख प्राथमिकता बनाइएको पनि जानकारी दिए।

0 Comments