२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भरतपुर अस्पतालले पायो स्वास्थ्य बीमा बोर्डबाट ९२ करोडभन्दा बढी भुक्तानी

अ+ अ-

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले भरतपुर अस्पताललाई उपचार सेवाबापतको रु. ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी गरेको छ। अस्पतालले बिमा कार्यक्रमअन्तर्गत उपलब्ध गराएको सेवाको दाबीअनुसार उक्त रकम प्राप्त भएको हो।

अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेलका अनुसार उपचार खर्चबापत अझै करिब रु. ३६ करोड प्राप्त हुन बाँकी रहेको छ। अस्पतालले २०७४ साल भदौदेखि स्वास्थ्य बिमा कार्यक्रम सञ्चालन गर्दै आएको छ। त्यसयता बिमा कार्यक्रममार्फत अस्पतालले रु. २ अर्ब ४७ करोड ४८ लाख २२ हजार ३२९ रुपैयाँ ९७ पैसा प्राप्त गरिसकेको जनाएको छ।

अस्पतालका अनुसार गत आर्थिक वर्षमा स्वास्थ्य बिमाअन्तर्गत ४ लाख ४१ हजार पटक सेवा प्रदान गरिएको थियो भने चालु आर्थिक वर्षमा यो संख्या ५ लाख नाघेको छ। चितवनसहित मकवानपुर, बारा, पर्सा, नवलपरासी, गोरखा, तनहुँ, लमजुङ, धादिङलगायत २२ भन्दा बढी जिल्लाका सेवाग्राहीले स्वास्थ्य बिमामार्फत यहाँ उपचार सेवा लिँदै आएका छन्।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगालेले बिमा सेवाग्राहीलाई प्राथमिकतामा राखेर सेवा प्रवाह सुधारका लागि विभिन्न व्यवस्थापनात्मक सुधार गरिएको बताए।

उनका अनुसार भिडियो एक्स–रे सेवामा रहेको प्रतीक्षा अवधि हटाइएको छ भने सिटी स्क्यान मेसिन मर्मत नभएसम्म निजी अस्पतालसँग सहकार्य गरी बिमा बोर्डले तोकेको शुल्कमै सेवा उपलब्ध गराइएको छ।

सेवा प्रवाहलाई थप सहज बनाउन अस्पतालले अनलाइन टिकट प्रणाली लागू गरेको छ। हाल दैनिक करिब २०० जनाले अनलाइनमार्फत टिकट लिइरहेका छन् र यो संख्या ४०० सम्म पुग्ने अपेक्षा गरिएको अस्पतालको भनाइ छ। नगद काउन्टरको संख्या पनि आठबाट बढाएर १० पुर्‍याइएको छ।

अस्पताल प्रशासनका अनुसार बिरामीले लामो समय पालो कुर्नु नपर्ने वातावरण बनाउन सेवा व्यवस्थापन सुधारलाई निरन्तरता दिइएको छ। साथै, स्वास्थ्य बिमा बोर्डले हालै लागू गरेको नयाँ औषधि तथा सेवा शुल्क केही सेवामा वास्तविक खरिद लागतभन्दा कम भए पनि सेवा प्रवाहलाई निरन्तरता दिइएको जनाएको छ।

अस्पतालका अनुसार स्वास्थ्य बिमाको संशोधित शुल्क व्यवस्थापछि बहिरंग सेवाअन्तर्गत रु। २५ हजारसम्मको उपचार सुविधा उपयोग गर्ने बिरामीले पहिलेको तुलनामा थप औषधि तथा सेवा प्राप्त गर्न सकेका छन्।

0 Comments