२६ असार २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गणेश नेपाली मृत्यु प्रकरणपछि सरकारको भूमिकामाथि विश्वप्रकाशको प्रश्न

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकमा बढ्दो निराशा र असन्तुष्टिका घटनालाई गम्भीर रूपमा लिन सरकारलाई आग्रह गरेका छन् ।

मुगुका गणेश नेपालीले गरेको आत्मदाहको प्रयासप्रति प्रतिक्रिया दिँदै शर्माले पछिल्लो घटनालाई समाजमा बढिरहेको चरम निराशाको संकेतका रूपमा व्याख्या गरेका हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहतर्फ लक्षित गर्दै वर्तमान अवस्थाबारे गम्भीर समीक्षा आवश्यक रहेको बताएका छन् ।

शर्माले सामाजिक सञ्जालमार्फत नागरिकमा आशा सिर्जना गर्न नसक्ने अवस्था आएमा राज्यप्रतिको विश्वास कमजोर हुने धारणा राखेका छन् । उनले राजनीतिक नेतृत्व परिवर्तन भए पनि जनतामा अपेक्षित भरोसा र सकारात्मक अनुभूति किन निर्माण हुन नसकेको विषयमा गहिरो अध्ययन आवश्यक रहेको उल्लेख गरेका छन् ।

उनले यसअघि प्रेम आचार्यले आत्मदाह गरेको घटनाबाट पनि राज्य र समाजले पर्याप्त पाठ सिक्न नसकेको संकेत गर्दै छोटो अवधिमै फेरि यस्तै प्रकृतिको गम्भीर घटना दोहोरिनु चिन्ताको विषय भएको बताएका छन् ।

काँग्रेस उपसभापति शर्माले विगतका नेतृत्वबाट भएका कमजोरी र नयाँ राजनीतिक शक्तिहरूबाट जनताले राखेका अपेक्षाबीचको अन्तरबारे समेत प्रश्न उठाएका छन् । उनले वर्तमान सरकार नागरिकका लागि भरोसा र समाधानको माध्यम बन्नुपर्नेमा डर र अन्योलको कारण बन्ने अवस्था आउन नहुने बताएका छन् ।

गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाहको प्रयास गरेको घटनापछि राजनीतिक दलका नेताहरूले राज्य संयन्त्रको कार्यशैली, नागरिकको मनोविज्ञान र प्रशासनिक संवेदनशीलताबारे बहस अघि बढाएका छन् ।

Leave a Reply