काठमाडौँ । बझाङमा बोलेरो जीप दुर्घटना भएको छ ।
केदारस्युा गाउँपालिका–७ काँडाचौरबाट दुर्गाथली गाउँपालिका-६ चुवापनतर्फ गइरहेको सेच००१२६४४ नम्बरको जिप दुर्गाथली गाउँपालिका–६ र केदारस्युँ गाउँपालिका–७ को सिमानामा दुर्घटना भएको प्रहरीले जनाएको छ । बोलेरो जिप करिब ३०० मिटर तल खस्दा ठूलो मानवीय क्षतिको आशंका गरिएको छ।







