२२ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

दुबईको ‘जमजम पर्फ्युम्स’ नेपालमा, सुन्धारामा खुल्दै पहिलो आधिकारिक आउटलेट

अ+ अ-

काठमाडौँ । दुबईको सुगन्धित उत्पादन ब्राण्ड ‘जमजम पर्फ्युम्स’ नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गर्ने भएको छ। कम्पनीले काठमाडौँको सुन्धारास्थित सिभिल मलमा आफ्नो पहिलो आधिकारिक आउटलेट सञ्चालनमा ल्याउन लागेको हो।

शनिबारदेखि सञ्चालनमा आउने आउटलेटको उद्घाटन सामाजिक सञ्जालमा ‘जमजम ब्रदर्स’का रूपमा परिचित समूहबाट गरिने कम्पनीले जनाएको छ। उद्घाटनकै लागि उनीहरू शुक्रबार काठमाडौँ आइपुगेका छन्।

कम्पनीले शुक्रबार आयोजित कार्यक्रममा नेपालमा व्यवसाय विस्तार तथा आगामी योजनाबारे जानकारी दिएको हो। नेपालमा ‘जमजम पर्फ्युम्स नेपाल प्रालि’ले ब्राण्डलाई आधिकारिक रूपमा भित्र्याएको जनाइएको छ।

आधिकारिक आउटलेट सञ्चालनमा आएपछि जमजम पर्फ्युम्सका विभिन्न सुगन्धित उत्पादन नेपाली उपभोक्ताले स्टोरसँगै अनलाइन माध्यमबाट पनि खरिद गर्न सक्ने कम्पनीले जनाएको छ।

कम्पनीले नेपाली बजारमा गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरका ‘लक्जरी फ्राग्रेन्स’ उपलब्ध गराउने लक्ष्य राखेको बताएको छ।

कम्पनीका अनुसार जमजम पर्फ्युम्सले हाल साउदी अरब, पाकिस्तान, कुवेत र ओमानमा गरी २४ वटा शाखा सञ्चालन गरिरहेको छ। नेपालमा सञ्चालन हुन लागेको आउटलेट कम्पनीको २५औँ शाखा हुने जनाइएको छ।

कम्पनीले आगामी दिनमा कतार, संयुक्त अधिराज्य (यूके), संयुक्त राज्य अमेरिका, स्पेन र मलेसियामा समेत शाखा विस्तार गर्ने योजना रहेको जनाएको छ।

0 Comments