२३ श्रावण २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँपुल-घान्द्रुक सडक अवरुद्ध, सिक्लेस तीन दिनपछि खुल्यो

अ+ अ-

कास्की । केही दिनयताको अविरल वर्षाका कारण कास्कीका दुई प्रमुख पर्यटकीय गन्तव्य पुग्ने सडक अवरुद्ध हुँदा स्थानीयवासी र पर्यटक समस्यामा परेका छन् ।

पहिराले नयाँ पुल–घान्द्रुक सडक खण्ड अवरुद्ध बनेको छ । यस सडक खण्डअन्तर्गत अन्नपूर्ण–१० मा यही साउन २१ गते राति सिवौँ खोलाले सडक बगाउँदा घान्द्रुकसँगको सिधा यातायात सञ्जाल टुटेको अन्नपूर्ण गाउँपालिकाका प्रवक्ता भरतमान गुरुङले जानकारी दिए ।

 “खोलाले सडकको बेस सबै बगाएको छ । अप्ठ्यारो भूगोलका कारणले तत्काल बाटो खुलाउन सकिने अवस्था छैन । जिल्ला प्रशासनसँग छलफलमै छौँ, कसरी सडक सञ्चालन गर्ने भनेर प्राविधिक अध्ययन भइरहेको छ,” गुरुङले भने । 

 बाटो अवरुद्ध भएपछि घान्द्रुक आउजाउ गर्ने स्थानीयवासी र पर्यटकलाई समस्या परेको छ । सडक अवरुद्ध भएको स्थानसम्म पोखराबाट जाने र त्यहाँ झरेपछि झोलुङ्गे पुलबाट नदी पार गरेर अर्को गाडीमा घान्द्रुक जाने अस्थायी प्रबन्ध गरिएको प्रवक्ता गुरुङले बताए । घान्द्रुक अन्नपूर्ण आधार शिविरको प्रवेशद्वार समेत हो ।

यसैगरी, कास्कीको अर्को पर्यटकीय गन्तव्य मादी गाउँपालिका–१ सिक्लेस जाने सडक भने तीन दिनपछि सञ्चालनमा आएको छ । यही साउन २० गते राति काहुँखोला–सिक्लेस सडक खण्डमा पर्ने खिलाङ र चिप्लीको बीचमा ठूलो पहिरो जाँदा सडक अवरुद्ध भएकामा आज साँझदेखि बाटो सञ्चालन भएको मादी–१ का वडाध्यक्ष एवं गाउँपालिका प्रवक्ता देवीजङ्ग गुरुङले जानकारी दिए । 

 “जिल्ला प्रशासन कार्यालय र सडक डिभिजन कार्यालय पोखरासँगको समन्वयमा दुई दिनको प्रयासपछि सडक खुलेको छ,” वडाध्यक्ष गुरुङले भने ।

सडक डिभिजन कार्यालयले पोखराको काहुँखोलादेखी सिक्लेसम्म अहिले सडक स्तरोन्नतिको काम समेत गर्दै आएको छ । सडक पहिराले अवरुद्ध भएपछि स्थानीयवासी र पर्यटक समस्यामा परेका थिए ।

सिक्लेस ग्रामीण पर्यटनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा प्रख्यात छ । बर्खायामका कारणले सिक्लेसमा हाल पर्यटक आगमन कम रहे पनि सार्वजनिक बिदामा भने आन्तरिक पर्यटक उल्लेख्य पुग्ने गरेका छन् । 

0 Comments