२९ श्रावण २०८३, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

काठमाडौँमा लोकल कन्फरेन्स अफ युथ सुरु

अ+ अ-

काठमाडौँ । काठमाडौँमा शुक्रवार ‘लोकल कन्फरेन्स अफ युथ (एलसिओवाई) सुरु भएको छ ।

जलवायुकार्यमा युवाहरूको सहभागीताका विभिन्न आयाममा छलफल गरी उनीहरूलाई नीति निर्णय प्रक्रियामा अर्थपूर्ण सहभागिता बढाउने उद्देश्य साथ सम्मेलन गरिएको आयोजकले जनाएको छ ।

‘जलवायु पारदर्शिताका लागि एकजुट’ भन्ने मूल नाराका साथ सुरु सम्मेलनले राज्यका हरेक संयन्त्रमा अर्थपूर्ण सहभागितासँगै निर्णय प्रक्रियामा युवाको संलग्नता सुनिश्चित गर्ने गरी नीतिगत सुझाव तयार गर्नेछ ।

त्यसैगरी स्थानीय जलवायु कार्यलाई राष्ट्रिय र विश्वव्यापी जलवायु प्रक्रियासँग जोड्ने मार्गचित्र तयार गर्ने बताइएको छ । आयोजक नेप्लिज युथ फर क्लाइमेट एक्शन (एनवाईसिए) की राष्ट्रिय संयोजक आकृति डोटेलले सम्मेलनका निष्कर्षलाई सरोकारवाला मन्त्रालयमार्फत राष्ट्रिय नीतिमा सम्बोधन गराउन पहल गर्नुको साथै संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (युएनफसिसिसि) को आधिकारिक बालबालिका तथा युवा समूह (योङगो) मार्फत जलवायु परिवर्तन सम्बन्धी अन्तराष्ट्रिय सम्मेलनमा प्रस्तुत गरिने जानकारी दिइन्।

उनले भनिन्, ‘यहाँ आइरहँदा हामीले के लिएर जान्छौँ ? यो कार्यक्रमको मुख्य उद्देश्य के हो ? बालबालिका तथा युवाको भनाई सहितको एउटा घोषणापत्र निस्किन्छ । हामीले सहभागी सबैका भनाइलाई एउटा दस्तावेजका रूपमा राख्नेछौँ । हामीले सबैबाट एउटा साझा विषय निकाल्छौँ । नेपालको आवाज मात्र होइन, क्षेत्रीय आवाज र सबै ठाउँका युवाहरूको आवाजलाई समेटेर कोपमा योङगोमार्फत प्रस्तुत गर्छौ ।’

नेपालका सातवटै प्रदेशबाट १ सय ८० भन्दा बढी युवा सहभागी सम्मेलन साउन ३१ गतेसम्म चल्नेछ ।

सम्मेलनमा जलवायु प्रक्रियामा युवा तथा बालबालिकाको सहभागिता, हानि तथा क्षति, जलवायु वित्त, न्यायोचित संक्रमण, परिवर्तनशील हिमाल तथा जीविकोपार्जन, जलवायु उत्थानशील शिक्षा तथा जलवायु सशक्तिकरणका लागि कार्य , कृषि तथा खाद्य सुरक्षा, खानेपानी तथा जल सुरक्षा र लैंगिक समानता, अपांगता तथा सामाजिक समावेशीकरण लगायत विषयमा छलफल गर्ने कार्यतालिका छ ।

सम्मेलनमा सहभागी हुन आवेदन दिएका १ हजार बढी युवाबाट १ सय ८० सहभागी छनौट गरिएको हो । यसअघि विषयगत रूपमा सञ्चालन भएको विभिन्न ९ वटा भर्चुअल बैठकमा सहभागी भएका युवाले मात्रै यो सम्मेलनमा सहभागी हुन पाउने प्रावधान राखिएको थियो ।

0 Comments