२१ भाद्र २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लेदुवा खोलाको पुल सात वर्षदेखि अधुरै

अ+ अ-

सुनसरी । धरान उपमहानगरपालिका–५ स्थित देवीगाउँको लेदुवा खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ । पुल निर्माण सम्पन्न नहुँदा धरान–४ र ५ का स्थानीयवासी र विद्यार्थीले बर्खायाममा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता छ ।

धरान–५ का दीपक मगर भन्छन्, “पानी पर्छ, बाढी आउँछ । स्कुल हिँडेका विद्यार्थी बर्खामा खोला बढेपछि पानी घट्ने प्रतीक्षामा घण्टौँ खोलाको किनारमा बस्नुपर्ने अवस्था छ । बाढी नघट्दा कहिलेकाहीँ विद्यार्थी विद्यालय नै नगई घर फर्किनुपर्ने अवस्था छ ।”

पुल निर्माणका लागि २०७७ साउन ४ गते कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र वल्र्ड ट्रेड कन्स्ट्रक्सन कम्पनीबीच रु. एक करोड २१ लाख ८६ हजारमा सम्झौता भएको थियो । सम्झौताअनुसार २०७८ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

धरान–५ का वडाध्यक्ष मनप्रसाद लिम्बूका अनुसार निर्माणका क्रममा पुलको दुवैतर्फ पिलर उठाइए पनि त्यसपछि काम अघि बढ्न सकेको छैन । करिब ३० प्रतिशत काम भएको र अहिले निर्माण गरिएका पिलरसमेत झाडीले ढाकिएको उनले बताए । “दुवैतर्फ पिलर उठाइएको थियो, त्यसपछि काम अघि बढेन । अहिले पिलरसमेत झाडीले ढाकिसकेको छ”, उनले भने ।

पुल नहुँदा धरान–४ र ५ का बासिन्दालाई धरान बजारसम्म आवतजावत गर्न समस्या हुने गरेको छ । विशेषगरी बर्खामा खोलामा बाढी आउँदा स्थानीयवासीले जोखिम मोलेर खोला पार गर्नुपर्ने र बिरामीलाई अस्पताल लैजानसमेत कठिन हुने गरेको वडाध्यक्ष लिम्बूले बताए । अस्थायी रूपमा बाँसको पुल बनाए पनि बर्खाको बाढीले बगाउने भएकाले स्थायी पुल आवश्यक रहेको उनको भनाइ छ । 

पुल नहुँदा स्थानीय किसानले उत्पादन गरेका सागसब्जी, दूधलगायत कृषि उपज धरान बजारसम्म पुर्‍याउनसमेत समस्या हुने गरेको छ । धरान–४ र ५ का किसानले उत्पादन गरेका कृषि उपज धरान बजारमा बिक्रीका लागि लैजाने गरेका छन् । पुलको अभावमा विद्यार्थीको पढाइसमेत प्रभावित हुँदै आएको छ । 

धरान–५ मा कक्षा ५ सम्ममात्र पढाइ हुने विद्यालय रहेकाले कक्षा ६ भन्दा माथि अध्ययन गर्ने विद्यार्थी धरान बजारतर्फ जानुपर्ने हुन्छ । मनटार, सुमनटार, मुक्तिलाल, निशानडाँडा र तल्लो निशानडाँडाका विद्यार्थी यही मार्ग हुँदै विद्यालय जाने गरेका छन् । बर्खाको समयमा परीक्षा परेका बेला खोलामा बाढी आएर तर्न नसक्दा विद्यार्थी परीक्षा दिनबाट समेत वञ्चित हुने गरेका छन् ।

पुल निर्माणका लागि पटक पटक म्याद थपिए पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । वडाध्यक्ष लिम्बूका अनुसार २०८१ चैत १२ गते ठेकेदार पक्षसँग जेठ मसान्तसम्म काम सम्पन्न गर्ने सहमति भएको थियो । पछि पुनः सम्पर्क गर्दा २०८२ फागुनसम्म निर्माण सम्पन्न गर्ने जानकारी गराइएको भए पनि हालसम्म काम सुरु भएको छैन ।

पुल निर्माणको विषयमा २०८१ चैतमा कोशी प्रदेशका तत्कालीन भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईले स्थलगत अनुगमन गरेका थिए । सो क्रममा काम नगर्ने ठेकेदार कम्पनीको ठेक्का रद्द गरी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिइएको थियो । तर, ठेकेदार कम्पनीले अदालतबाट अन्तरिम आदेश लिएपछि प्रक्रिया अघि बढ्न नसकेको बताइएको छ ।

पुल निर्माण सम्पन्न भए धरान–४ र ५ का बासिन्दाको दैनिक आवतजावत, कृषि उपज ढुवानी, विद्यार्थीको विद्यालय आवतजावत तथा स्वास्थ्य सेवामा पहुँच सहज हुने स्थानीयको अपेक्षा छ । साथै, यस मार्गबाट धनकुटाको राजा रानी तथा मोरङको याङ्शीला र केराबारी हुँदै धनकुटा र मोरङसम्म आवतजावत गर्नसमेत सहज हुने वडाध्यक्ष लिम्बूले बताए । 

0 Comments