११ आश्विन २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिशूली-३ ‘ए’ सुरुङमा १० दिनको संघर्ष: मृत्युलाई जितेर फर्किँदा कवीरको अनुभव

अ अ+ अ-

काठमाडौँ । भदौ १० गते आएको विनाशकारी बाढीका कारण रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत आयोजनाको सुरुङभित्र थुनिएका मेकानिकल सुपरभाइजर कवीर महर्जन स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । 

मृत्युलाई नजिकबाट देखेर १० दिनपछि सकुशल उद्धार गरिएका महर्जनले आफ्नो जीवनको कठिनतम समयको अनुभव बाँड्दै सुरुङभित्रको त्यो भयानक संघर्षबारे सुनाए । भदौ १० गते बिहानको समयमा आयोजनाको कन्ट्रोल रुममा काम गरिरहँदा महर्जन र उनका सहकर्मी सञ्जय साह अचानक आएको बाढीको चपेटामा परेका थिए ।

सीसीटीभी फुटेजमा बाढीको संकेत देखेपछि हात समातेर बाहिर निस्कने उनीहरूको प्रयास पानीको तिब्र बहावका कारण विफल भयो र दुवै जना सुरुङभित्र अलग–अलग स्थानमा फसे । 

उद्धार भएपछि घर फर्किएका महर्जनले लामो समयसम्म अन्धकारमा बस्दा सुरुङभित्र फसेको कुरा समेत बिर्सिसकेको बताए। 

‘त्यहाँ मलाई निन्द्रा लाग्ने र ब्युँझिने क्रम चलिरह्यो। सुरुङभित्र बाहिरको संसारबाट पूर्णतः विच्छेद भएको महसुस हुन्थ्यो ।’ उनले भने । 

६–७ वर्षदेखि सोही आयोजनामा कार्यरत रहेकाले आफू रहेको स्थानसम्म पानी नआउनेमा उनी विश्वस्त थिए । जसले गर्दा उनलाई बाँच्न थप हौसला मिलेको थियो । 

अन्ततः १० दिनपछि टाढाबाट बलेको बत्ती र उद्धारकर्ताहरूको मानिसको आवाज सुन्दा महर्जनले आफू जीवित भएको महसुस गरे ।

उनले सम्झिए, ‘सुरुमा भ्रम हो कि जस्तो लाग्यो, तर पछि मान्छेको आवाज भएको पक्का भएपछि आवाज दिएँ ।’ 

उद्धार टोलीले पहिला सहकर्मी सञ्जय साहलाई र त्यसपछि उनलाई उद्धार गरेको थियो । 

अस्पतालबाट डिस्चार्ज भएपछि महर्जनले आफ्नो उद्धारका लागि खटिने नेपाली सेना, नेपाल प्रहरी र सरोकारवाला निकायप्रति कृतज्ञता व्यक्त गरे। उनी हाल शारीरिक रूपमा स्वस्थ भएपनि मानसिक आघातबाट पार पाउन ‘थेरापी’ लिइरहेका छन् ।

 परिवारसँगको पुनर्मिलनलाई उनले आफ्नो जीवनको सबैभन्दा ठूलो खुशीको क्षण भएको बताए।

0 Comments