२४ आश्विन २०८३, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘संविधानको सफल कार्यान्वयन र संघीयता सुदृढीकरण नै लोकतन्त्रको रक्षा हो’ : विमलेन्द्र निधी

अ अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको पूर्ण कार्यान्वयन नै मुलुकको वर्तमान राजनीतिक निकास र समृद्धिको आधार भएको बताएका छन् । 

जनकपुरधाममा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानका मूल मर्मलाई आत्मसात् गर्दै प्रदेश तहमा प्रहरी प्रशासनको अधिकार हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् । 

नेता निधीले लोकतन्त्र, गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतासहितका नौ बुँदे राष्ट्रिय सूत्रलाई नेपालको राजनीतिको मूल मन्त्र मान्नुपर्ने बताए। उनले संविधानको सफल कार्यान्वयनबाट मात्र जनताको अधिकार सुरक्षित हुने र संघीयता संस्थागत हुने विश्वास व्यक्त गरे। आगामी निर्वाचनको तयारीमा लाग्न कार्यकर्ताहरूलाई निर्देशन दिँदै निधिले २०८७ सालको आम निर्वाचनअघि नै स्थानीय तह र प्रदेश सभाको निर्वाचनको तयारीमा जुट्न आग्रह गरे ।  उन स्थानीय तहमा भइरहेको विकास निर्माण र बजेट विनियोजनको अधिकारले नै संघीयताको सार्थकता पुष्टि गरिरहेको जिकिर गरे । 

भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न प्रेस स्वतन्त्रता र नागरिक सचेतता आवश्यक रहेको उनको भनाइ छ । 

उनले भने, ‘हामीले लोकतन्त्रको रक्षाका लागि अघि सारेको नौ बुँदे राष्ट्रिय सूत्र नै विवाद र समस्या समाधानको अचुक उपाय हो । भारतजस्तो छिमेकी मुलुकमा जस्तै नेपालमा पनि केन्द्रीय प्रहरी र प्रदेश प्रहरीबीच स्पष्ट कार्यविभाजन हुनुपर्छ । संविधानले दिएको अधिकार कार्यान्वयन गराउन सबै राजनीतिक दलहरू एक ठाउँमा उभिनुपर्ने बेला आएको छ ।’

विशेषगरी मधेस प्रदेशको सन्दर्भमा उनले प्रहरी प्रशासन हस्तान्तरणमा ढिलाइ भएको भन्दै असन्तुष्टि जनाए।संविधानमा प्रदेशको आफ्नै प्रहरी संगठन हुने व्यवस्था भए पनि त्यसको कार्यान्वयन नहुनु दु:खद् भएको उनको टिप्पणी छ । उनले धर्मनिरपेक्षताको गलत अर्थ लगाउनेहरूबाट भ्रममा नपर्न आग्रह गर्दै नेपालको सन्दर्भमा धार्मिक स्वतन्त्रता नै सबैको साझा मान्यता हुनुपर्ने उल्लेख गरे। 

0 Comments