१० कार्तिक २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सौराहामा पर्यटकको चहलपहल बढ्यो

अ अ+ अ-

काठमाडौँ । पछिल्लो समय सौराहाको पर्यटन व्यवसायमा चहलपहल बढेको छ ।

बाढी पहिरो र सडक अवरुद्धका कारण केही महिना व्यवसायमा असर पुगेको थियो । दस बिदा र अनुकूल मौसमका कारण सौराहामा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढेको हो ।

दसैँको आरम्भका दिनमा अपेक्षा अनुसार आन्तरिक पर्यटक नआए पनि क्रमशः पर्यटकको आगमन उल्लेख्य बढेको छ । पर्यटकको आगमन बढेसँगै यहाँका होटेल, रेस्टुरेन्ट तथा अन्य पर्यटन व्यवसायमा समेत उत्साह थपिएको व्यवसायीले बताएका छन् ।

सौराहामा पर्यटन व्यवसाय गर्दै आएका गोकर्ण गिरीले पछिल्ला दिनमा पर्यटकको चहलपहल बढेसँगै व्यवसायी उत्साहित भएको बताए । पर्यटकको आगमन बढेपछि होटेल तथा अन्य पर्यटन व्यवसायमा व्यस्तता बढेको उनको भनाइ छ । उनले भने, “अहिले सौराहामा रहेका पर्यटन व्यवसायी सबै खुसी छन् । कोही सपिङ गर्न गएका छन्, कोही जंगल गएका छन्, कोही घुमफिरमा गएका छन् । सबैतिर चहलपहल र दौडधुप देखिन्छ ।”

पर्यटकको आगमनले व्यवसायीको मुहारमा खुसी फर्किएको उल्लेख गर्दै उहाँले पछिल्लो समय पाहुनाको चाप बढेको बताए ।

सौराहास्थित वाटिका रिपोर्टका व्यवस्थापक लव सापकोटाले पनि दसैँका समयमा विशेष गरी आन्तरिक पर्यटकको आगमन बढेको बताए । पाहुनाको सङ्ख्या बढेसँगै कोठा व्यवस्थापन र बुकिङ मिलाउन केही दिनअघिदेखि नै व्यस्तता बढेको उनले जानकारी दिए ।

उनका अनुसार रिसोर्टमा रहेका सबै कोठा पछिल्ला दुई–तीन दिनदेखि भरिएका छन् । चाडपर्वका समयमा नेपाली पर्यटकको सङ्ख्या बढी देखिएको उनले बताए । उनले भने, “पाहुनालाई कोठा पुर्‍याउन निकै मुस्किल भइरहेको छ । व्यवस्थापनमा व्यस्तता बढेको छ । अहिले नेपाली पर्यटक नै बढी देखिन्छन् ।”

पर्यटन व्यवसायी ऋषि तिवारीले गत वर्षको तुलनामा यस पटक दसैँको टीकापछिको समयमा पर्यटकको आगमन राम्रो रहेको बताए । सार्वजनिक बिदा र चाडपर्वका कारण सौराहामा पर्यटकको चहलपहल बढेको उनको भनाइ छ ।

उनले सौराहा भ्रमणमा आउने पर्यटकका लागि जिप सफारी, हात्ती सफारी, राप्ती नदीमा डुंगा सयर तथा थारु सांस्कृतिक नाचलगायतका गतिविधि प्रमुख आकर्षण रहेको बताए । अहिलेको मौसम सौराहा भ्रमणका लागि अनुकूल रहेको उल्लेख गर्दै उनले स्वदेशी तथा विदेशी पर्यटकलाई यहाँ आउन आग्रह गरे ।

सौराहाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र जंगल सफारीका लागि जिप सञ्चालनमा रहेका छन् । राप्ती नदीमा डुंगा सयर तथा हात्ती सफारीको व्यवस्था छ । डुंगा सयरका क्रममा नदीका विभिन्न जलचर तथा चराचुरुंगी अवलोकन गर्न सकिन्छ । पर्यटकको मागअनुसार हात्ती सफारीलगायतका सेवा उपलब्ध गराइने तिवारीले बताए ।

उनले भने, “यस पटक मेरो अनुभवमा गत वर्षको भन्दा पनि राम्रोसँग पाहुनाहरू सौराहा आउने क्रम बढेको छ ।” यसले पर्यटन व्यवसायीलाई ठूलो राहत र नयाँ उत्साह दिएको उनको भनाइ छ ।

क्षेत्रीय होटेल संघ नेपाल, चितवनका पूर्वअध्यक्ष सुमन घिमिरेले दसैँको बिदाका समयमा सौराहालगायतका पर्यटकीय क्षेत्रमा पर्यटकको आगमन बढेको बताए । उनका अनुसार यस पटक आन्तरिकसँगै बाह्य पर्यटकको सङ्ख्या बढेको छ ।

उनले भने, “हामीलाई उत्साह थपेको छ । हिजो, आज सौराहालगायत विभिन्न पर्यटकीय क्षेत्रमा पर्यटकको सङ्ख्या राम्रो पाएका छौँ ।”

भोटेकोशीमा आएको बाढीलगायतका प्राकृतिक विपत्तिका कारण पर्यटनको मुख्य सिजन सुरु हुन करिब एक महिना ढिलाइ भएको उनले बताए । बाढी पहिरो र सडकको अवस्थाका कारण पर्यटकका बुकिङ प्रभावित भए पनि पछिल्लो समय आगमन बढ्न थालेको उनको भनाइ छ ।

सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रमुख प्रवेशद्वारमध्ये एक हो । निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा घुम्न आउने पर्यटकको प्रमुख बसाइस्थलका रूपमा सौराहा परिचित छ ।

0 Comments