१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र’

अ+ अ-

काठमाडौं । बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसर : नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रमको आयोजना गरियो ।

सो अवसरमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको सामाजिक–आर्थिक रुपान्तरणको वाहक ऊर्जा क्षेत्र भएको उल्लेख गर्दै उक्त क्षेत्रको विकासका लागि सरकारले उच्च प्राथमिकता दिएको बताए ।

सरकारले आगामी दश वर्षभित्रमा १५ हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य लिएको जानकारी दिँदै उनले त्यसका निम्ति नेपाललाई वैदेशिक लगानी आवश्यक भएको बताए ।

मन्त्री पुनले भने, “नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न म चिनियाँ लगानीकर्तालाई आह्वान गर्दछु ।”

चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपालमा चिनियाँ लगानी भित्र्याउन आफू निरन्तर क्रियाशील रहेको बताउँदै त्यसका निम्ति चिनियाँ उद्यमी र नेपालका नीति निर्माण तहसँग सहजकर्ताका रुपमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सङ्घीय संसद्का सदस्य, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव, नेपाल र चीनको निजी क्षेत्रका उद्यमी, व्यवसायी, गैरआवासीय नेपाली सङ्घ, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ, एशियाली पूर्वाधार, लगानी बैंक, जलविद्युत् लगानी तथा विकास बोर्ड, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीलगायत ऊर्जा क्षेत्रका जानकारसहित १५० जनाको सहभागिता रहेको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस