नेपालमा प्रशासनिक पुनर्संरचना: संरचना, कार्यक्षमता र संस्थागत सुसंगतताको विश्लेषण
नेपालमा प्रशासनिक पुनर्संरचना सम्बन्धी बहसलाई सूक्ष्म रूपमा विश्लेषण गर्दा, यसको बौद्धिक विकास क्रममा एक प्रकारको संरचनागत सीमाबद्धता स्पष्ट देखिन्छ । दीर्घकालसम्म यो बहस राज्यको आकार-सानो कि ठुलो-भन्ने द्वैध विमर्शमै सीमित...