२३ अर्बको तमोर-मेवा जलविद्युत् आयोजना निर्माणको काम तीव्र, सुरुङ खन्ने काम सुरु
काठमाडौँ। ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको भूमिगत संरचना निर्माणले गति लिएको छ। आयोजनाअन्तर्गत सुरुङ निर्माणका लागि आवश्यक ब्लास्टिङ कार्य औपचारिक रूपमा सुरु गरिएको छ। फुङलिङमा बुधबार आयोजित...