२१ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२३ अर्बको तमोर-मेवा जलविद्युत् आयोजना निर्माणको काम तीव्र, सुरुङ खन्ने काम सुरु

अ+ अ-

काठमाडौँ। ताप्लेजुङमा निर्माणाधीन १२८ मेगावाट क्षमताको तमोर-मेवा जलविद्युत् आयोजनाको भूमिगत संरचना निर्माणले गति लिएको छ। आयोजनाअन्तर्गत सुरुङ निर्माणका लागि आवश्यक ब्लास्टिङ कार्य औपचारिक रूपमा सुरु गरिएको छ।

फुङलिङमा बुधबार आयोजित कार्यक्रममा विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खन्ने प्रक्रिया थालिएको हो। स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीले निर्माण गरिरहेको यस आयोजनाको सुरुङ निर्माण सुरु भएसँगै मुख्य पूर्वाधार निर्माण चरण थप सक्रिय बनेको कम्पनीले जनाएको छ।

कम्पनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक सुदीप कुमार चौधरीले सुरुङ निर्माणको सुरुवात ऊर्जा क्षेत्रको दीर्घकालीन विकासतर्फको महत्वपूर्ण कदम भएको बताए। उनले आयोजना निर्धारित समयभित्र सम्पन्न गर्ने र निर्माणमा गुणस्तर कायम राख्ने प्रतिबद्धता व्यक्त गर्दै यसबाट स्थानीय क्षेत्रसँगै मुलुकको ऊर्जा सुरक्षामा समेत योगदान पुग्ने उल्लेख गरे।

सुरुङ ब्लास्टिङ कार्यक्रमअघि कम्पनीको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको थियो। अध्यक्ष चौधरीको नेतृत्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०८१-८२ को वार्षिक प्रतिवेदन पारित गर्दै आयोजनाको वित्तीय तथा भौतिक प्रगतिबारे सेयरधनीलाई जानकारी गराएको थियो।

कुल २३ अर्ब ४ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनाको वित्तीय व्यवस्थापन पूरा भइसकेको छ। आयोजनामा १७ अर्ब २८ करोड रुपैयाँ ऋण लगानी रहनेछ, जसको नेतृत्व सिद्धार्थ बैंकले गरेको छ भने माछापुच्छ्रे बैंक सह-अगुवा बैंकका रूपमा रहेको छ। बाँकी ५ अर्ब ७६ करोड रुपैयाँ सेयर पुँजीमार्फत व्यवस्थापन गरिनेछ।

ताप्लेजुङका फुङलिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिकामा निर्माण भइरहेको आयोजनाबाट वार्षिक करिब ७११ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्राधिकरणसँग २०८० असोज २४ गते विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) सम्पन्न भइसकेकाले २०८५ असोज २५ गतेदेखि व्यावसायिक उत्पादन सुरु गर्ने कार्यतालिका तय गरिएको छ।

आयोजनाको पहुँचमार्ग, बाँध क्षेत्र, सुरुङ प्रवेश क्षेत्र तथा पावरहाउससम्मको सडक पूर्वाधार निर्माण सम्पन्न भइसकेको कम्पनीले जनाएको छ। यस्तै, सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ व्यवस्थापन गर्न नेपाली सेनाको आवास तथा भण्डारण बंकर निर्माण पनि अन्तिम चरणमा पुगेको छ।

0 Comments