कीर्तिपुरका डुबान प्रभावित ३१ परिवारलाई खरिपाटी होल्डिङ सेन्टरमा स्थानान्तरण
काठमाडौँ । लगातारको वर्षाका कारण प्रभावित बनेका कीर्तिपुरस्थित राधास्वामी क्षेत्रमा बसोबास गर्दै आएका सुकुमवासी परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । जोखिम बढेपछि उनीहरूलाई भक्तपुरको परिपाटीस्थित होल्डिङ सेन्टरमा व्यवस्थापन गरिएको हो...