८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आप्रवासी नेपाली घरेलु कामदारको सम्मेलन सुरु

अ+ अ-

काठमाडौँ । पौरखी नेपालको आयोजनामा ‘आप्रवासी नेपाली घरेलु कामदार’को राष्ट्रिय सम्मेलन सुरु भएको छ ।

दुईदिनसम्म चल्ने सम्मेलनको श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङले बिहीवार उद्घाटन गरे ।

सम्मेलनले वैदेशिक रोजगारीमा जाने घरेलु कामदार वर्तमान अवस्था र आगामी दिनमा गर्नुपर्ने कामका सम्बन्धमा विस्तृत छलफल गरी प्राप्त सुझाव र निष्कर्ष सरकारलाई बुझाउने आयोजकले बताएका छन् ।

मन्त्री गुरुङले घरेलु कामदारका रुपमा जानेहरुले आत्मसम्मानपूर्वक काम गर्न पाउने अवस्थामा मात्रै उनीहरुलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने बताए ।

अहिलेको अवस्थामा घरेलु कामदारका रुपमा पठाउँदा विभिन्न समस्या आएको स्वीकार गर्दै त्यसलाई व्यवस्थित गर्न मन्त्रालय लागिरहेको उनले बताए ।

सांसद विनोद श्रेष्ठले इथोपियाजस्तो गरिब मुलुकले समेत खाडीमा घरेलु कामदारको सुरक्षा नभएको भन्दै पठाउन रोक लगाएको अवस्थामा नेपालले पठाउनैपर्छ भन्ने नरहेको टिप्पणी गरे ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले भाषाको समस्या, तालिमको अभावजस्ता कुराले घरेलु कामदारले विदेशमा दुःख पाइरहेको भन्दै त्यसलाई सुधार गर्न आवश्यक रहेको बताए ।
साउदी अरबका लागि नेपालका पूर्व राजदूत उदयराज पाण्डेले नेपालले घरेलु कामदार खोले साउदीले मात्रै १० लाख कामदार लैजान तयार रहेको भन्दै त्यसअघि उनीहरुको सुरक्षाको सुनिश्चितता खोजिनुपर्ने बताए ।
आयोजक पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले वैदेशिक रोजगारीमा जाने महिला कामदारमध्ये ९० प्रतिशत घरेलु कामदारको रुपमा जाने गरेको भन्दै उनीहरुको सुरक्षित आप्रवासको उपायका सम्बन्धमा सम्मेलनमा छलफल गरिने बताइन् ।

सम्मेलनमा विभिन्न देशबाट वैदेशिक रोजगारीबाट फर्किएका र यो क्षेत्रमा संलग्न करिब तीन दर्जन प्रतिनिधि सहभागी छन् । रासस

प्रतिक्रिया दिनुहोस