१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आगामी हप्तादेखि जथाभावी बाटो काट्नेलाई उपत्यकाभर कारबाही गरिने

अ+ अ-

काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले आगामी हप्तादेखि जथाभावी रुपमा बाटो काट्ने पैदलयात्रुलाई उपत्यकाभर कारबाही गर्ने भएको छ ।

यही जेठ १६ गतेदेखि सीमित ठाउँमा जथाभावी रुपमा बाटो काट्ने यात्रुलाई २०० वा तीन घन्टा नियन्त्रणमा लिएको महाशाखाले आगामी हप्तादेखि उपत्यकाभर कारबाही गर्ने भएको हो ।

महाशाखाका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक मिङ्मार लामाले पूर्वाधारको अभावका कारण अहिले ३० देखि ३५ स्थानमा मात्र कारबाही गरे पनि आगामी हप्तासम्म पूर्वाधार निर्माण गरेर उपत्यकाभर कारबाही गर्न लागेको बताए ।

उनले भने– “पूर्वाधार नभएको ठाउँमा काठमाडौँ महानगरपालिका र सडक विभागसँग सहकार्य गरेर जेब्रा क्रसिङ निर्माण गर्न लगाएका छौँ, जेब्रा क्रसिङ सञ्चालन हुने बित्तिकै जेब्रा क्रसिङको प्रयोग नगर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”

मङ्गलबारबाट पैदलयात्रु सुरक्षा अभियान कडाइका साथ सञ्चालन गरेको महाशाखाले हालसम्म १० हजार ८६१ जनालाई कारबाही गरिसकेको छ । कारबाहीमा परेकामध्ये छ हजार ६१८ जनाबाट १३ लाख २३ हजार ६०० राजस्व सङ्कलन गरेको तथा २०० नहुने चार हजार २४३ पैदलयात्रुलाई सचेतना कक्षा लिएको महाशाखाले जनाएको छ ।

उपत्यकामा हरेक वर्ष ४० प्रतिशतभन्दा बढी पैदलयात्रु सडक दुर्घटनाबाट मृत्यु भएको भन्दै महाशाखाले यातायात व्यवस्था ऐन, २०४९ को दफा १३६ र १३७ को अधिकारलाई प्रयोग गरी कारबाही प्रक्रिया अगाडि बढाएको हो । रासस

प्रतिक्रिया दिनुहोस