९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस्’

अ+ अ-

लहान । सिरहाको गोलबजार नगरपालिका–१० धोवियाझारस्थित मुसहर बस्तीमा भोट माग्न पुग्ने उम्मेदवारले त्यहाँको स्थानीय मतदाताबाट एउटै उत्तर पाउँछन्– शौचालय बनाइदिने ग्यारेन्टी गर्नुस्, भोट लिनुस् ।

आगामी असोज २ गते हुने तेस्रो चरणको स्थानीय तह निर्वाचनका लागि मत माग्दै मुसहर बस्ती पुग्ने उम्मेदवार स्थानीयवासी मतदाताको यो जवाफ सुनेपछि केही क्षण अक्कमक्कमा पर्ने गरेका छन् ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिकाको चोहर्वाबाट पाँच किलोमिटर उत्तर घुर्मी खोलाको पूर्वी किनारमा रहेका ४० घरको सदाय (मुसहर) बस्ती शौचालयविहीन छ ।

पूरै बस्ती नै शौचालयविहीन हुँदा यहाँका सर्वसाधारण शौच गर्न बाँसघारी तथा नजिकैको नदीमा पुग्ने गरेका छन् ।

दैनिक मजदुरी र दाउरा बेचेर गुजारा चलाउँदै आएका यो बस्तीका मतदाता भन्छन्, “बस्तीमा सुरक्षित आवास र शौचालय बनाइदिने प्रतिबद्धता जनाउने उम्मेदवारलाई मात्र हामीले भोट दिन्छौँ ।”

अर्थाभावका कारण शौचालय बनाउन नसकेकी ४५ वर्षीया फूलकुमारी सदा शौचालय बनाउने वचन दिने उम्मेदवारलाई मात्र आफ्नो मत दिने सोचमा पुगेको बताउछिन् ।

सधैँभरि मजदुरी गरेर परिवार पाल्दै आएकी फुलकुमारी भन्छिन् “नेताहरु भेट्न आउने भनेको चुनावकै बेला हो । अरुबेला उहाँहरुको अनुहारै देख्न पाइँदैन । यो चुनावमा राम्रो बास र शौचालयको व्यवस्था मिलाउने इमान्दार उम्मेदवारलाई भोट दिनेछु ।”

पचास वर्षीय झौला सदाय पनि घर र शौचालय बनाइदिने उम्मेदवारलाई मात्र मत दिने बताउछन् ।

उनी भन्छन्, “वर्षौंदेखि हामीले भोट हालेर मन्त्री बनाएकै छौँ तर, जितेर गएपछि नेताहरु पुनः आफूहरुको समस्या बुझ्नै आउँदैनन् । त्यसैले यही बेला हो नेताहरुसँग केही कुरा माग्ने ।”

“पछिल्लोपटक २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि मत दिएर जितायौँ, तर हाम्रो अवस्था भने जस्ताको तस्तै रह्यो,” उनी अगाडि थप्छन्, “अब जसले हाम्रो बस्ने घर र शौचालय बनाइदिन्छ उसैलाई मत दिन्छौँ ।”

करिब २० वर्षपछि हुन लागेको स्थानीय तह निर्वाचनमा मत हाल्न आतुर रहेका यहाँका मतदाता पहिला जोसुकैलाई मत दिए पनि यसपालिको चुनावमा उनीहरुले उचित बास र शौचालय खोजेका छन् ।

माटोको भित्ता र खरको छानोबाट बनेका स–साना झुुप्रा घर भएको उक्त बस्तीका मतदाता भन्छन्, “हामीलाई घाम पानी छेक्ने राम्रो घर र शौचालय चाहिएको छ । यसको ग्यारेन्टी गर्ने उम्मेदवारलाई भोट दिन्छौँ ।”

बस्तीमा शौचालय नभएकाले स्थानीयवासी २५ वर्षीया तारादेवी सदा र ४० वर्षीया रामवत्ती सदाले नागरिकता पनि बनाउन नपाएको गाउँलेको भनाइ छ ।

घरमा शौचालय नभएकालाई गाउँपालिकाले नागरिकताका लागि सिफारिस नगर्ने नियम बसालेका कारण उनीहरुले नागरिकता बनाउन नपाएको सुखरीदेवी सदाको कथन छ ।

“अर्थाभावकै कारण शौचालय बनाउन सकेको छैन,” रामवत्ती सदा भ
न्नुहुन्छ, “शौचालय बनाउन मन नभएर नबनाएको होइन । कमाइले खान लाउनै पुग्दैन, कसरी घर र शौचालय बनाउने हो ?”

“पहिला पहिलाको चुनावमा नेताहरुले पैसा बाँडेर जित्ने गरेका थिए तर, अब हामी त्यस्तो हुन दिँदैनौँ, त्यसका लागि हामी एक भएका छौँ”, स्थानीयवासी जितन सदाले भने ।

वर्षौंदेखि ऐलानी जमिनमा बस्दै आएको यहाँका मुसहर बस्तीका कसैको नाममा पनि जमिन दर्ता भएको छैन ।

स्थानीयवासी अगुवा ५५ वर्षीय कृष्णकुमार लामा आफू बुझ्ने भएदेखि नै देखेको योे बस्ती अझै पनि ऐलानी नै रहेकाले पनि घर र शौचालयको समस्या देखिएको बताउछन् ।

उनी भन्छन्, “गाउँकै टाठाबाठाले सदायहरु बसेको वरपरको जमिन नम्बरी गराए तर, सदायहरुको अझै नम्बरी भएको छैन । मुसहर समुदाय बसोबास गरेको सबै जमिन ऐलानी नै हो ।”

कूल आठ नगरपालिका र नौ गाउँपालिका गरी १७ वटा स्थानीय तह रहेको सिरहामा तीन लाख ३१ हजार ५९६ मतदाता रहेका छन् ।

जिल्लामा २१९ मतदान केन्द्र निर्धारण गरिएको जिल्ला निर्वाचन कार्यालय सिरहाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस