७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चुनाव सुरक्षाप्रति सेनाको चासो ‘आवश्यक परे हतियारसहित उत्रन्छौं’

अ+ अ-

काठमाडौं । नेपाली सेनाले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताएको छ । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन बिथोल्ने अभिप्रायले मुलुकभर गराइएका विस्फोटका घटनाप्रति गम्भीर बनेको उसले जनाएको छ ।

उम्मेदवार र मतदातालक्षित विस्फोटका घटना बढ्न थालेपछि सेनाले पहिलोपटक धारणा सार्वजनिक गरेको हो । सेनाले उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी विस्फोट गर्नु निन्दनीय भएको बताएको छ । यद्यपि, सेनाले विप्लव नेतृत्वको नेकपाको नाम नलिई विस्फोट गराउनेहरूलाई ‘उच्छृंखल र निर्वाचनविरोधी तत्व’ भनी टिप्पणी गरेको छ ।

रक्षा मन्त्रालयले आइतबार शान्ति सेनासम्बन्धी जानकारी दिने उद्देश्यले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रधानसेनापति राजेन्द्र क्षत्रीले मुलुकभर भएका निर्वाचनविरोधी गतिविधिप्रति जंगी अड्डा पूर्ण सचेत रहेको जनाउँदै आवश्यक परे सशक्त ढंगले अन्तिम शक्तिका रूपमा परिचालित हुने बताए ।

सेनाले मतदाता र उम्मेदवारको सुरक्षा गर्ने जिम्मा नपाएको उल्लेख गर्दै क्षत्रीले भने, ‘दुवै प्रहरीले परिस्थिति नियन्त्रणमा लिन नसके सेना जान्छ । आवश्यक परे अत्याधुनिक (डेड्ली) हतियारसहित परिचालित हुन्छौँ ।’ पहिले नेपाल प्रहरी र त्यसपछि सशस्त्र प्रहरी बल परिचालित हुने जानकारी दिँदै उनले स्थिति काबुमा आएन भने अत्याधुनिक हतियारसहित अन्तिम शक्तिका रूपमा सेना परिचालित हुने बताए ।

प्रधानसेनापति क्षत्रीले मुलुकभर भएका विस्फोटका घटनाले सेनालाई सचेत र गम्भीर बन्न बाध्य बनाएको बताए । उनले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै स्थलगत र हवाई गस्ती भइरहेको समेत जानकारी दिए ।
पछिल्लोपटक देशका विभिन्न भागमा उम्मेदवार र सर्वसाधारणलाई लक्ष्य गरी हिंसात्मक ढंगले विस्फोट भइरहेका छन् । शनिबार भएको विस्फोटबाट रौतहटमा ११ जना सर्वसाधारण घाइते भए, जसमा सात वर्षीय जैविक र उनकी आमा गम्भीर छन् । सार्वजनिक रूपमा विस्फोटका घटनाको जिम्मेवारी नलिए पनि सेनासहित चारवटै सुरक्षा निकायका प्रमुखले विस्फोटका घटनामा संलग्नहरू विप्लव नेतृत्वको नेकपाकै कार्यकर्ता भएको प्रधानमन्त्री शेरबहादुर देउवालाई रिपोर्टिङ गराइसकेको स्रोतले बताएको छ ।विस्फोट गराउँदै हिँड्ने निर्वाचनविरोधी उच्छृंखल तत्वलाई निस्तेज गर्न सेना तयारी अवस्थामा रहेको जनाएको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस