२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खाडीका युवा सम्झँदै पाका मतदाता

अ+ अ-

सिरहा । वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन । वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ ।

देशभरबाट दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जाने क्रम जारी रहँदा देशभित्र हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको महत्वपूर्ण निर्वाचनमा समेत यसको प्रभाव देखिएको छ । अहिले तराईका जिल्लामा बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल बढ्दो छ । तर, त्यो चहलपहलमा युवाको उपस्थिति भने अत्यन्तै न्यून छ ।
‘देश विकासमा युवाको महत्वपूर्ण भूमिका हुन्छ । निर्वाचनको संघारमा देशको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने युवा भने खाडी राष्ट्रमा पसिना बगाउन बाध्य छन् । देशकै लागि यो सबैभन्दा ठूलो दुर्भाग्य हो’, सिरहा सदरमुकामका बुद्धिजीवी अनिरुद्र ठाकुर भन्छन् ।

आर्थिक वर्ष ०६७/६८ देखि ०७३/७४ को वैशाख मसाप्तसम्मको तथ्यांकअनुसार सिरहाबाट मात्र वैदेशिक रोजगारीमा जानेको संख्या ९४ हजार दुई सय ७५ छ । तीमध्ये पुरुष ९४ हजार एक सय ४४ र महिला एक सय ३१ छन् । यो सरकारी तथ्यांक मात्र हो । यसबाहेक गाँस, बास र कपासको जोहो गर्न छिमेकी राष्ट्र भारतका विभिन्न सहरमा भौंतारिइरहेका युवाको संख्यासमेत जोड्दा तथ्यांक अझ गम्भीर बन्न सक्छ ।

‘जिल्लाको ग्रामीण क्षेत्रमा चरम गरिबी छ, रोजगारीको अवसर छैन । अधिकांश जनतालाई हातमुख जोड्नै समस्या छ । यस्तो स्थितिमा यहाँका युवासँग जीवन धान्न मलेसिया र खाडी राष्ट्रतर्फ होमिनुको विकल्प छैन’, ठाकुर भन्छन् । देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीति गर्ने दलले समेत आफ्नो घोषणापत्रमा युवा पलायनलाई रोक्ने प्रभावकारी उपाय अघि सार्न नसकेको ठाकुरको आरोप छ।

‘राजनीतिक दलको घोषणापत्रमा समेत युवा पलायनलाई रोक्ने स्पष्ट योजना छैन । जबसम्म राज्य ठोस र प्रभावकारी योजनासहित अगाडि आउँदैन तबसम्म हाम्रा गाउँघर युवाविहीन रहने निश्चित छ’, उनी भन्छन् ।ठाकुरको विचारमा युवावर्ग समय र समाज सँगसँगै अगाडि बढेका हुन्छन् । उनीहरूमा विकास र परिवर्तनको चाहना पनि बढी हुन्छ ।

यसैगरी, आफ्नो राष्ट्र, समाज र राजनीतिबारे विश्लेषण गर्न सक्ने क्षमता पनि बोकेका हुन्छन् युवाले । ‘देश विकासका लागि त युवा नै राजनीतिमा आउनुपर्छ तर हाम्रो विडम्बना, देश चलाउने नेता छान्नसमेत युवा गाउँघरमा छैनन्’, उनी भन्छन् ।सिरहा नवराजपुर—२ का जयनाथ यादव पनि दल र तिनका उम्मेदवारले युवा पलायनलाई रोक्ने प्रभावकारी योजना अघि सार्न नसकेको गुनासो गर्छन् ।

‘गाउँघरको समस्या एउटा छ, हाम्रा नेता अर्थ न बर्थका आश्वासन बाँडेर हिँड्छन्’, यादव भन्छन्, ‘युवा निरास छन्, हामीजस्ता बेरोजगार युवा रोजगारी ग्यारेन्टी गर्ने सरकारको खोजीमा छौं । खाडी मुलुक हाम्रै युवाशक्तिको भरमा धनी÷सम्पन्न बन्दै छन् तर हाम्रो सरकार र राजनीतिक दललाई भने युवाशक्ति बिदेसिएकामा कुनै चिन्ता छैन ।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments