२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्वाचनको १५ दिनपछि शीर्ष नेतालाई मोदीको फोन

अ+ अ-

काठमाडौं । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको १५ दिनपछि भारतले औपचारिक रूपमा स्वागत गर्दै शीर्ष नेताहरूलाई बधाई दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बेग्लाबेग्लै टेलिफोन गरी बधाई दिएका हुन् । मोदीले ओलीसँग ‘भावी प्रधानमन्त्री’का रूपमा कुराकानी गर्दै प्रधानमन्त्री भएपछि भारत भ्रमण गर्न निमन्त्रणासमेत दिएका छन् ।

निर्वाचनलगत्तै अमेरिका र जापानले शीर्ष नेतालाई बधाईसहित स्वागत गरे पनि छिमेकी भारत र चीन मौन थिए । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियनले निर्वाचन सम्पन्न भएकोमा सरकार, राजनीतिक दल र नेपाली जनतालाई बधाई दिइसकेका छन् । मोदीले निर्वाचनमा वाम गठबन्धनको ठूलो सफलताका लागि ओली र प्रचण्डलाई बधाई दिएका छन् ।

एमाले केन्द्रीय सचिवालय सचिव प्रदीप ज्ञवालीका अनुसार मोदीले सरकार गठनलगत्तै भारत भ्रमणका लागि ओलीलाई निमन्त्रणा गरेका छन् । उनले ओलीलाई भारतमा स्वागत गर्न आफू आतुर रहेको र नयाँ सरकारसँग सहकार्य गर्न प्रतीक्षारत रहेको बताएका थिए । प्रत्युत्तरमा ओलीले आफ्नो ध्यान स्थायित्व, लोकतन्त्रको सुदृढीकरण, सुशासन र आर्थिक विकासमा केन्द्रित भएको बताएका थिए । उनले भारत र चीनसँग शान्ति र समृद्धिका लागि सहकार्य गर्ने नेपालको चाहनासमेत व्यक्त गरेका थिए । ओलीले नेपाल भ्रमणका लागि मोदीलाई मौखिक निमन्त्रणा दिएका छन् भने प्रधानमन्त्री भएपछि चिठी पठाउने उल्लेख गरेका छन् ।

मोदीले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएकोमा प्रधानमन्त्री देउवालाई बधाई दिएका छन् । प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाका अनुसार प्रतिनिधिसभामा निर्वाचित भएकोमा पनि मोदीले देउवालाई बधाई दिए । दुई मिनेट लामो कुराकानीमा वर्तमान सरकारलाई भारतले गरेको सहयोग र शुभेच्छाका लागि देउवाले मोदीलाई धन्यवाद दिए । नेपालको शान्ति र स्थिरता सुनिश्चित गर्ने गरी निर्वाचन भएको उल्लेख गर्दै मोदीले यसको प्रमुख श्रेय जाने भन्दै मोदीले देउवाको प्रशंसा गरेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले टेलिफोनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सन्चोबिसन्चो सोधेका थिए । ३ मंसिरमा पुत्र प्रकाशको निधनलगत्तै मोदीले टेलिफोन गरेर प्रचण्डलाई सहानुभूति व्यक्त गरेका थिए । ‘भारतीय प्रधानमन्त्रीले अध्यक्ष प्रचण्डको सन्चोबिसन्चो सोध्नुभयो, प्रतिनिधिसभामा निर्वाचित भएकोमा बधाई दिनुभयो,’ प्रचण्डका सञ्चार सहयोगी मनहरि तिमल्सिनाले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments