२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सहमतिबाटै अध्यादेश’

अ+ अ-

काठमाडौं । माओवादीले प्रमुख दलबीच राजनीतिक सहमति गरी राष्ट्रियसभा अध्यादेशको गाँठो फुकाएर नयाँ सरकार गठनमा जुट्नुपर्ने प्रस्ताव अघि सारेको छ । माओवादी केन्द्रीय कार्यालयको बिहीबार बसेको बैठकमा नेताहरूले जनताले वाम गठबन्धनप्रति गरेको विश्वास र भरोसालाई निराशा र अविश्वासमा परिणत हुन नदिन तत्काल सरकार गठन गर्नुपर्ने बताएका हुन् ।

माओवादी अध्यक्ष पुष्पकमल दाहालले बिहीबारै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटी राष्ट्रियसभा अध्यादेश लामो समय अल्झिराख्दा जनतामा निराशा बढेको बताएका थिए । शीतल निवासमा बिहान करिब डेढ घन्टा लामो भेटमा दाहालले मुख्य पाँच दलबीच परामर्श गरी राष्ट्रियसभा अध्यादेशलगायत विवादलाई निकास दिन पहल गर्ने प्रतिबद्धतासमेत जनाएका थिए । दाहालले निर्वाचन आयोगले प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरूले पाएको सिट सार्वजनिक नगर्नु आश्चर्यजनक भएको बताउँदै यसका लागि राष्ट्रियसभा अध्यादेश किन र केका लागि आवश्यक परेको हो भन्ने कुरा स्पष्ट नभएको धारणा राष्ट्रपतिसँग राखेका थिए ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यथाशीघ्र साझा विन्दु पहिचान गरेर आउन दाहाललाई आग्रह गरिन्। ‘अध्यादेशमा यथाशीघ्र साझा विन्दु पहिचान गरेर आउनुहोस् । राष्ट्र र जनताको जनमत प्राप्त दलहरूले यस्तो अध्यादेशमा अल्झनु राम्रो हुँदैन’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा। भेषराज अधिकारीले भने । जवाफमा दाहालले मुख्य दलबीच बैठक बोलाएर निर्णायक पाइला चाल्न राष्ट्रपतिलाई सुझाव दिएको माओवादी सचिवालय सदस्य मणि थापाले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

0 Comments