२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विवादित सीमा क्षेत्रमा खटियो सर्भे टोली

अ+ अ-

धनगढी । सरकारले भारतसँग जोडिएका प्रदेश ७ का कञ्चनपुर, कैलाली, दार्चुलालगायत जिल्लाका विवादित सीमा क्षेत्रको सर्वेक्षण गर्न नापी विभागको टोली खटाएको छ । कैलालीको लालबोजी, कञ्चनपुरको पुर्नवास, दार्चुलाको कालापानीलगायत क्षेत्रमा लामो समयदेखि सीमा विवाद चर्किंदै आएपछि सरकारले नापी विभागका प्रमुख अधिकृत सुदर्शनसिंह धामीको नेतृत्वमा काशीलाल चौधरी, पूर्णबहादुर खड्का, महादेव भट्ट, दिकेश शंखदेवसहित सात जनाको सर्भे टोली पठाएको हो ।

कञ्चनपुरको पुर्नवासमा सीमा विवादकै कारण नौ महिनाअघि भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको थियो भने दार्चुलाको कालापानीमा लामो समयदेखि विवाद टुंगो लाग्न सकेको छैन । कैलाली, बैतडी, डडेल्धुरालगायत जिल्लामा पनि जंगेपिलर सारिएका, हराएकालगायत थुप्रै विवाद देखिएका छन् ।

सेप्टेम्बर १३ देखि १५ (भदौ २८–३०) सम्म भारतको देहरादुनमा बसेको नेपाल भारतको ‘सर्भे अफिसियल कमिटी’ को सातौं बैठकले संयुक्त नापी टोली खटाउने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भारतले पनि सर्भे अफ इन्डियाका अधिकारी आरसी भट्टको नेतृत्वमा टोली पठाएको छ ।

यसअघि नेपालका भारतसँग सिमाना जोडिएका मध्य र पूर्वी नेपालका जिल्लामा तीनवटा टोलीले सीमा स्तम्भको सर्भे गरेको थियो । ती टोलीले पश्चिमको सीमा सर्भेको काम गर्न समय लाग्ने भएपछि प्रदेश ७ मा छुट्टै टोली खटाइएको हो । नापी टोलीलाई कैलाली र बर्दियाको सिमानामा रहेको पिलर नम्बर ७०० (साविकको ९८) देखि कञ्चनपुरको ब्रह्मदेवमा रहेको पिलर नम्बर ८११ (साविकको २१०) सम्मका पिलरको अवस्था, हराएका पिलरको स्थान खोजी, पिलर मर्मत र रंगरोगनको जिम्मा दिएको छ । ‘सरकारले सीमा क्षेत्रमा रहेका पिलरको अवस्था, हराएका पिलरको स्थान पत्ता लगाउने, पिलर मर्मत र रंगरोगन गर्नेलगायत जिम्मेवारी दिएको छ’, नेपालको तर्फबाट संयुक्त सीमा सर्भे टोली नम्बर ४ का प्रमुख सुदर्शनसिंह धामीले भने । उनले कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको कालापानीसम्मै पुग्ने बताए । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

0 Comments