२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारी हदै अटेरी : ‘दुई दिनभित्र नपुगे कारबाही’

अ+ अ-

काठमाडौं । सातै प्रदेशमा खटिएका ६९९ कर्मचारीमध्ये ७० प्रतिशतभन्दा बढी अझै कार्यस्थलमा पुगेका छैनन् । कर्मचारी अभावमा प्रदेशसभाको कार्यसञ्चालन अस्तव्यस्त बनिरहेको छ तर उनीहरू ‘मालदार अड्डा’ छाडेर प्रदेश झर्न अटेर गरिरहेका छन् ।

कर्मचारीको हेपाहा प्रवृत्तिबाट आजित भएपछि प्रधानमन्त्री कार्यालयले दुई साताभित्र खटाइएको स्थानमा नपुग्नेमाथि कारबाही सुरु गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री कार्यालयले आइतबार पत्र लेख्दै आफूमातहतका कर्मचारी नखटाउने सचिव र खटाइएका स्थानमा नजाने कर्मचारी दुवैलाई कडा कारबाही गर्ने चेतावनी दिएको हो ।

केन्द्रीय सरकारले खटाएका कर्मचारी समयमै प्रदेश पुग्न नसक्दा प्रदेशले राम्ररी कार्य सम्पन्न गर्न सकेका छैनन् । प्रदेशमा खोलिएका मुख्यमन्त्रीको कार्यालय, प्रदेश प्रमुखको कार्यालय, अन्य मन्त्रालय र प्रदेशसभामा मुस्किलले चार–पाँच जना मात्रै कर्मचारी छन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव डिल्लीराम शर्माले प्रदेशमा खटिएका मातहत कर्मचारीलाई तत्काल प्रदेश पठाउन सम्बन्धित मन्त्रालयका सचिवलाई आइतबार नै पत्राचार गरिएको जानकारी दिए । सामान्य प्रशासन मन्त्रालयले आइतबारसम्म सातै प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, आन्तरिक मामिला मन्त्रालय, प्रदेश प्रमुखको कार्यालय, अन्य विभिन्न मन्त्रालय र प्रदेशसभा सचिवालयमा गरी ६ सय ९९ जना कर्मचारी खटाइसकिएको बताएको छ । तर तीमध्ये ७० प्रतिशतभन्दा बढी कार्यथोमा पुगेका छैनन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार सामान्यले खटाएकामध्ये आकर्षक निकायको रुपमा रहेका भूमिसुधार मन्त्रालयअन्तर्गतका मालपोत, नापी, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतका श्रम कार्यालय, वैदेशिक रोजगार विभाग र भौतिक मन्त्रालयअन्तर्गतको यातायात कार्यालयलगायतमा कार्यरत खरिदारदेखि उपसचिवस्तरका कर्मचारीले प्रदेशमा जान अटेर गरेका छन् ।

यसैगरि कृषि, वन, सिँचाइमा कार्यरत प्राविधिक कर्मचारीले पनि प्रदेशमा गएर काम गर्न आनकानी गरिरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । विभिन्न मन्त्रालयले प्रदेशमा खटिएका मातहत कर्मचारीलाई रमाना दिनसमेत आनाकानी गरिरहेकाले प्रधानमन्त्री कार्यालयले रमाना नदिने कार्यालय प्रमुख र सचिवलाई नै कारबाहीको चेतावनी दिएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments