२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

२९ फागुनमा राष्ट्रपति निर्वाचन

अ+ अ-

काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न २९ फागुनमा निर्वाचन हुने भएको छ । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्थाबमोजिम राष्ट्रपति निर्वाचनको मिति तोकेको हो ।

दलका नेताहरूसँग छलफलपछि बिहीबार बसेको आयोगको बैठकले राष्ट्रपति निर्वाचनको मिति तय गरेको हो । आयोगले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरेको छ । ‘राजनीतिक दलका नेताहरूसँगको छलफलपछि बसेको आयोग पदाधिकारीको बैठकले राष्ट्रपति निर्वाचनको मिति तय गर्दै निर्वाचन कार्यतालिका सार्वजनिक गर्ने निर्णय गरेको हो,’ आयोगका प्रवक्ता नवराज ढकालले भने ।

आयोगले प्रकाशित गरेको कार्यतालिकाअनुरूप निर्वाचन अधिकृतको कार्यालयले २१ फागुनको दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गर्नेछ । सोही दिनको सवा १ देखि ६ बजेसम्म नामावलीमा छुट नाम समावेश गर्ने, विवरण सच्याउने र नामावलीउपर दाबी–विरोधको उजुरी दिने समय छुट्याइएको छ । उजुरीउपर छानबिन गर्ने र अन्तिम नामावली प्रकाशन गर्ने समय २२ फागुनको बिहान १० देखि साँझ ६ बजेसम्म छुट्याइएको छ । राष्ट्रपतिका उम्मेदवारको मनोनयन दर्ता गर्ने समय २३ फागुनको बिहान १० देखि दिउँसो २ बजेसम्म छुट्याइएको छ । उम्मेदवारको सूची प्रकाशन सोही दिनको दिउँसो ३ बजे गरिनेछ । उम्मेदवारको दाबी–विरोधमा उजुरी दिने समय २३ फागुन ३ बजेबाट २४ फागुन २ बजेसम्म छुट्याइएको छ ।

२४ फागुन दिउँसो २ बजेबाट ३ बजेसम्म मनोनयनपत्र र उजुरीपत्रउपर जाँचबुझ गरिनेछ । मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन २४ फागुन ३ देखि ४ बजेसम्म हुनेछ । उम्मेदवारलाई नाम फिर्ता लिने समय २४ फागुन साढे ४ देखि साढे ५ बजेसम्मको समय छुट्याइएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन २४ फागुन साँझ ६ बजे हुनेछ ।

प्रवक्ता ढकालका अनुसार २९ फागुन मंगलबार बिहान १० देखि दिउँसो ३ बजेसम्म नयाँ राष्ट्रपति चयनका लागि निर्वाचन हुनेछ । मतदान सकिएको एक घन्टापछि मतगणना गरिने आयोगका प्रवक्ता ढकालले जानकारी दिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

0 Comments