२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरुवाका फाइल बोकेर नहिँड्नुस्’

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले सरुवा–बढुवाका फाइल बोकेर नहिँड्न सांसदहरूलाई निर्देशन दिएका छन्।

एमाले र माओवादी केन्द्रको संयुक्त संसदीय दल बैठकलाई शनिबार सम्बोधन गर्दै ओलीले अनावश्यक काममा लाग्नुको साटो विकासका मुद्दामा ध्यान दिन सुझाए। ‘तपाईंहरूको काम जनताका विकास–निर्माणका फाइल बोकेर कार्यान्वयनमा अघि बढ्ने हो। सरुवा–बढुवा होइन’, उनले भने।

ओलीले राष्ट्रियसभाका तीन सांसदको शपथ नरोकिने विश्वास व्यक्त गरे। ‘कार्यपालिकाको कार्यक्षेत्रभित्र पर्ने कुरालाई चाहेर पनि कसैले रोक्न सक्दैन। झगडियाले मुद्दा हाल्दिइहाल्छन्, अदालतले केही बुझ्नसम्म खोजेको होला’, उनले भने, ‘त्यसैले शपथ रोकिँदैन।’

जन्ममितिको सम्बन्धमा पछिल्लो समय सडक, प्रशासन र न्यायालयसम्म विवाद देखिनु चिन्ताजनक भएको उनले बताए। जन्ममितिको अभिलेखसमेत सही नराख्ने अभ्यासबाट देशलाई माथि उठाउनुपर्ने उनको भनाइ थियो।

सडक, प्रशासन र न्यायालयमा देखिएको जन्ममिति विवाद संसद्मै छिरेको दाबी गर्दै उनले त्यसै कारण आफूभन्दा कम उमेरका महेन्द्र राय यादवबाट आइतबार प्रतिनिधिसभा सदस्य पदको शपथ लिन गइरहेको दाबी गरे। आफू एकपटक मात्र जन्मिएकाले यस्तो विवादबाट जोगिएको उनले बताए। ‘मेरो जन्म एक दिन २००८ साल फागुन ११ गते शनिबार तदनुसार फेबु्रअरी २३ तारिख सन् १९५२’, उनले भने। ज्येष्ठ सदस्यको हैसियतमा आइतबार प्रतिनिधिसभाका सांसदलाई सांसद यादवले सांसद पदको शपथ खुवाउँदै छन्। यादवको उमेर ६३ वर्ष हो तर नागरिकतामा ८० वर्ष पुगेको छ।

एमाले र माओवादीबीच छिट्टै एकता हुने दाबी गर्दै उनले यो एकताले मुलुकलाई आर्थिक समृद्धितर्फ लग्नुपर्ने बताए। ‘प्राकृतिक सम्पदाले भरिएको देशमा एउटा धागो पनि विदेशबाटै ल्याउनुपर्ने अवस्थाबाट हामी माथि उठौं’, उनले भने, ‘अब यसरी मुलुक चल्दैन। केही नगरी बस्ने छुट कसैलाई हुँदैन।’ आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

0 Comments