२२ कार्तिक २०८३, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अघि बढेन गण्डीगाडमा पुल निर्माण कार्य 

अ अ+ अ-

काठमाडौँ । सम्झौता भएको १६ महिना बितिसक्दा पनि अछाम र डोटी जिल्लाको सिमानामा रहेको अछामको चौरपाटी गाउँपालिका-२ सोकटस्थित गण्डीगाड मोटरेवल पुल निर्माणको प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

पूर्वाधार विकास कार्यालय साँफेबगरले अछामको चौरपाटी गाउँपालिका-२ र दिपायल सिलगढी नगरपालिका-८ जोड्ने गण्डीगाडमा ४० मिटर लम्बाईको पुल निर्माण गर्न एस एस एन एस सि पी सि एस-ए सि जेभी धनगढी-५ कैलालीसँग सम्झौता गरेको थियो ।

मोटरेवल पुल निर्माणका लागि उक्त क्षेत्रमा डोजरले बाटो बनाउने क्रममा माथिबाट ठूलो ढुंगा खस्दा गण्डीगाडमा रहेको झोलुंगे पुलमा उल्टै क्षति भएको थियो । झोलुंगे पुल क्षतिग्रस्त हुँदा अहिले दैनिक जसो नागरिक त्यही जीर्ण पुल भएर आवतजावत गरिरहेका छन् ।

पूर्वाधार विकास कार्यालयलाई पटक पटक ताकेता गर्दा पनि कुनै चासो नदिएको चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउदले बताए । नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य भए पनि आयोजना कार्यान्वयन गर्ने निकाय मौन रहेको उनको आरोप छ ।

उक्त मोटरेबल पुल निर्माणका लागी निर्माण कम्पनीसँग रु. पाँच करोड २१ लाखमा २०८२ असार २२ गते सम्झौता भएको थियो । पुल नबन्दा गाउँमा बिरामीलाई उपचार गराउन लैजान समस्या भएको स्थानीय ध्रुव साउदले बताए । स्थानीय विद्यार्थी अछामबाट डोटीको  दिपायल र सिलगढीमा अध्ययन गर्न यही पुल भएर जोखिम मोल्दै जाने गरेका छन् । 

 “मोटरेबल पुल त परै जाओस्, झोलुंगे पुलको अवस्था पनि ठिक छैन”, साउदले भने । 

कार्यालयले निर्माणमा संलग्नलाई निर्माण कार्य अगाडि बढाउन पत्राचार गरिसकेको पूर्वाधार विकास कार्यालय साँफेबगर अछामका सूचना अधिकारी देवीप्रसाद उपाध्यायले जानकारी दिएका छन् । 

0 Comments