१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रसियाली नागरिकलाई अमेरिका सुपुर्दगी नगरिने : पुटिन

अ+ अ-

रसिया । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी राष्ट्रपतीय निर्वाचन २०१६ मा निर्वाचनमा हस्तक्षेप गरेको भनी आरोप लागेका आफ्ना १३ नागरिकलाई अमेरिकासमक्ष सुपुर्दगी नगर्ने रसियाले जनाएको छ ।

तास नामक राज्य सञ्चालित रसियाली समाचार संस्थाले राष्ट्रपति पुटिनसँग हालै अमेरिकी एनबीसी टेलिभिजनलाई दिइएको एक अन्तर्वार्तामा उनको भनाई उद्धृत गर्दै भनेको छ, ‘विवादित रबर्ट मुलरको विशेष अनुसन्धानले रसियाको पक्षमा कुनै पनि हालतमा फैसला दिन्छ भन्ने विश्वास छैन ।’

उनले भने,‘मलाई जानकारी भए अनुसार उनीहरूले रसिया वा रसियाली अधिकारीलाई सोधपुछ गरेका छैनन् । उनीहरूले खास के गर्दै छन् मलाई थाहा छैन ।’

उनले अमेरिकी अनुसन्धान समूहलाई भने, रसियाली नागरिकको निर्वाचनमा हस्तक्षेपका लागि गरेका केही गलत कामका बारेमा विश्वसनीय आधार प्रस्तुत गर्न चुनौतिसमेत दिए ।

पुटिनले भने, ‘उनीहरू (अनुसन्धान समूह) लाई सञ्चारमाध्यमसँग वक्तव्यबाजी गर्न मात्र नदिऊ । उीनहरूलाई रसियाली हस्तक्षेपबारे विश्वासिला (भरपर्दा) सामग्री, वस्तुगत आधारमा भएका व्याख्या तथा तथ्याङ्क उपलब्ध गराउन लगाऊँ । हामी आरोपबारे अनुसन्धानमा सहभागी हुन वा कुरा गर्न तयार हुनेछौँ ।’

गत महिना (सन् २०१८ को फेब्रुवरीमा) अमेरिकी न्याय विभागले १३ जना रसियाली नागरिक तथा तीन रसियाली संस्थालाई अमेरिकी राष्ट्रपतिको निर्वाचनमा हस्तक्षेप गरेको आरोप लगाएको थियो ।

आरोपितमध्ये रसियाली व्यवसायी येभगेनी प्रिगोझिन तथा सेन्ट पेटर्सवर्गस्थित इन्टरनेट अनुसन्धान संस्थाका १२ जनालाई मुलरको नेतृत्वमा भएको अनुसन्धान टोलीले ‘अमेरिका विरुद्ध छलकपट गरेको’ आरोप लगाएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तथा उनको समूहले सन् २०१६ को राष्ट्रपतीय निर्वाचनका समय गैरकानूनी रूपमा रसियाली अधिकारीसँग सम्पर्क गरेको र आफ्नो पक्षमा निर्वाचन परिणाम पार्ने प्रयास गरेको भन्ने यस आरोपको निरन्तर खण्डन गर्दै आएका छन् । आरोपलाई मस्कोले पनि अस्वीकार गर्दै आएको छ । रासस/एएनआई

प्रतिक्रिया दिनुहोस