२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पचास–पचास प्रतिशतमा एकता हुने सहमति भएको छैनः नेता खनाल

अ+ अ-

विराटनगर । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले नेकपा (माओवादी केन्द्र) सँग ५०–५० प्रतिशत भागबण्डामा पार्टी एकता गर्ने कुनै सहमति नभएको बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज अपराह्न सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले दुवै पार्टीका अध्यक्षबीच आपसी समानता र सहमतिका आधारमा पार्टी एकता हुने हो अरु बाँकी सबै सञ्चारमाध्यमको हल्लामात्र भएको प्रष्ट पार्नुभयो ।

पार्टीका वरिष्ठ नेता खनालले दुवै पार्टीबीच एकता अगाडि र पछाडि कुनै लिखित सम्झौता नभएको र नहुने बताउँदै एकतापछि पार्टीका हालका लागि दुई अध्यक्ष हुने अरु संगठनमा आपसी समझदारी चयन गर्ने बताउनुभयो ।

उहाँले दुवै पार्टीबीचको आपसी एकता प्रक्रिया कुनै हालतमा नरोकिने ठोकुवा गर्दै आगामी वैशाख ९ गते पार्टी एकीकरणको मितिसमेत नसर्ने प्रष्ट पार्नुभयो ।

नेता खनालले दलको एकीकरण सम्बन्धमा राजनीतिक र सांगठनिक प्रतिवेदन तयार रहेको र प्रतिवेदन जनयुद्ध सम्बन्धमा सकारात्मक रहको छ भन्नुभयो ।

एक प्रश्नको जवाफमा उहाँले सचिव सरुवा सम्बन्धमा केही कार्य गर्दा कोही पनि कहिले पनि पूर्ण सन्तुष्टि हुँदैन भन्दै असन्तुष्टबाट नै राम्रो कामको शुरुवात हुन्छ भन्नुभयो ।

नेता खनालले वाम गठबन्धन सरकार भर्खरै निर्माण भएको छ भन्दै जनताले अनुभूति गर्ने विकास र मुलुकको आर्थिक समृद्धिमा सरकारले दु्रत गतिबाट कार्य गर्ने विश्वास व्यक्त गर्नुभयो ।