२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वैच्छिक अवकास योजनाका सहभागीले सूचना माग गर्दै दोस्रो पटक निवेदन

अ+ अ-

काठमाडौं । स्वैच्छिक अवकास रोजेका कर्मचारीहरुले विवरण माग गर्दै दोस्रो पटक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन दिएका छन् ।

सूचनाको हक सम्वन्धी ऐनअनुसार गत चैत १५ गते निवेदन दिएपनि मन्त्रालयले अहिलेसम्म सूचना नदिएको भन्दै कर्मचारीले सोमबार पुनः सूचना माग गर्दै लिखित निवेदन दिएका हुन्।

सूचना अधिकारीले १५ दिन नाघिसक्दा पनि सूचना नदिएपछि सूचनाको हक सम्वन्धी दफा ९ अनुसार दोस्रो पटक सूचना माग गरेका छन् ।

कर्मचारीहरु गणेशप्रसाद गुरागाइँ, मित्रप्रसाद खतिवडा, चम्पा महर्जन, राजेन्द्र कुँवर र जुठे नगरकोटीको संयुक्त हस्ताक्षर रहेको निवेदन राष्ट्रिय सूचना आयोगलाई बोधार्थ दिइएको छ ।

चैत १३ गतेसम्म अद्यावधिक गरेका स्वैच्छिक अवकास चाहेका कर्मचारीको विवरण माग्दै उनीहरुले निवेदन दिएका हुन्।

‘चैत १३ गतेसम्म अद्यावधिक गरेका कर्मचारीको विवरण मन्त्रालयको वेभसाइटमा सार्वजानिक/उपलब्ध गराइदिनुहुन पुनः निवेदन गरेका छौं’ निवेदनमा उल्लेख छ।

समायोजनमा जान नचाहने ९ हजार ६ सय ५६ कर्मचारीले सात वर्षको पेन्सन एकमुष्ट लिने गरी स्वैच्छिक अवकास योजनामा निवेदन दिएका थिए ।