१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आंगिक क्याम्पस विस्तार गर्दै कृषि विश्वविद्यालय

अ+ अ-

चितवन । निजी शिक्षण संस्थालाई सम्बन्धन दिन खोज्दा चौतर्फी आलोचना व्यहोरेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले आंगिक क्याम्पस विस्तार गर्दै अघि बढेको छ ।

हालसम्म चार ठाउँमा आंगिक क्याम्पस सञ्चालन भइरहेका छन् । विश्वविद्यालयका उपकुलपति प्रा. डा. ईश्वरीप्रसाद ढकालका अनुसार आउँदो शैक्षिकसत्रका लागि महोत्तरीको बर्दिवासमा कृषि स्नातक र उदयपुरको कटारीमा वनमा स्नातक पढाइ सञ्चालन गरिने भएको छ ।

विश्वविद्यालयको सिनेटले १० ठाउँमा आंगिक क्याम्पस सञ्चालन गर्न प्रस्ताव गर्दै बजेट माग गरेकामा विश्वविद्यालय अनुदान आयोगले सात ठाउँका लागि निर्णय गरेको थियो । ढकालका अनुसार सात ठाउँमध्ये धनकुटाको पाख्रिबास, कैलालीको टीकापुर र सिन्धुलीको कपिलाकोटमा कृषि स्नातकमा हरेक क्याम्पसमा ५० जनाका दरले यसै शैक्षिकसत्रबाट अध्ययन अध्यापन भइरहेको छ ।

अनुदान आयोगको सात क्याम्पसबाहेकको कास्कीको पुरनचौरमा पनि कृषि स्नातक पढाइ भइरहेको छ । अन्य चारमध्ये बर्दिवास, उदयपुर, बाँकेको खजुरा र रोल्पाको माडीचौर रहेका छन् ।

उनका अनुसार बर्दिवासको सम्पूर्ण प्रक्रिया सकिएको छ भने कटारीको सुष्मा मेमोरियल ट्रष्टले वनको कार्यक्रम सञ्चालन गर्न जग्गा विश्वविद्यालयको नाममा हस्तान्तरणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पठाएको छ । ट्रष्टको नाममा रहेको २७ बिगाहा र थप दुई बिगाहा खरिद गरी विश्वविद्यालयको नाममा हस्तान्तरण गरेर वन क्याम्पस सञ्चालन गर्दैछ । विश्वविद्यालयले आंगिक क्याम्पस सञ्चालन गर्न पहाडमा कम्तीमा १०० रोपनी र तराईमा आठ बिगाहा जग्गा विश्वविद्यालयको नाममा रजिष्ट्रेशन गर्नुपर्ने प्रावधान बनाएको छ ।

खजुरा र माडीचौरमा पनि प्रक्रिया जारी रहेकाले चाँडो काम भएमा आउँदो शैक्षिकसत्रबाटै कार्यक्रम सञ्चालन गर्न सकिने ढकालले बताए।

विश्वविद्यालयको सिनेटले आंगिक क्याम्पस दिन निर्णय गरेका अन्य ठाउँमध्ये गोर्खाको च्याङ्ली, स्याङजाको चापाकोट र दैलेखको दुल्लुमा पनि प्रक्रिया अघि बढिरहेको उाले बताए । ती ठाउँमा आंगिक क्याम्पस शुरु हुँदै गर्दा विश्वविद्यालयका ११ ठाउँमा आंगिक क्याम्पस सञ्चालन हुनेछन् । दुई वर्षभित्रमा ती सबै ठाउँमा आंगिक क्याम्पस सञ्चालन गर्ने लक्ष्य विश्वविद्यालयको छ ।

हाल विश्वविद्यालयले केन्द्रीय कार्यालय रहेको रामपुरमा कृषि स्नातकदेखि विद्यावारिधिसम्म र हेटौँडामा वन विज्ञानको स्नातकदेखि विद्यावारिधिसम्म पढाउँदै आएको छ । विश्वविद्यालयमा निजी क्षेत्रबाट २० वटा क्याम्पसले सम्बन्धनका लागि निवेदन पेश गरेकामा केही क्याम्पसलाई सम्बन्धन दिन खोजेको भए पनि सर्वत्र विरोध भएपछि रोकिएको छ । रासस

प्रतिक्रिया दिनुहोस