१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्राविधिक विश्वविद्यालयमा जोड

अ+ अ-

पोखरा । प्रदेश नं. ४ को सामाजिक विकास मन्त्रालयद्वारा गठित प्रादेशिक विश्वविद्यालय तथा प्राविधिक शिक्षालय स्थापना अध्ययन कार्यदलले पोखरामा आयोजना गरेको अन्तक्र्रियामा प्राविधिक विश्वविद्यालय स्थापना गरिनुपर्नेमा जोड दिइएको छ ।

देशको बढ्दो शैक्षिक बेरोजगारी अन्त्यका लागि प्राविधिक शिक्षा वर्तमानको अपरिहार्य आवश्यकता भएको उल्लेख गर्दै वक्ताले युवा जनशक्तिलाई स्वदेशमै परिचालन गर्नका लागि प्राविधिक विश्वविद्यालयको आवश्यकता औँल्याए ।

प्रदेश नं. ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनले गुणस्तरीय शिक्षा आजको आवश्यकता भएको बताउँदै विश्वविद्यालयले प्रदान गर्ने शिक्षा अनुसन्धानमूलक हुनुपर्ने बताए ।

दक्ष जनशक्ति तयार गर्दै उनीहरुका ज्ञानसीप स्वदेशमै उपयोग गर्ने वातावरण तयार गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले प्राविधिक शिक्षाका माध्यमबाट शैक्षिक बेरोजगारीको अन्त्य गर्न सकिने धारणा राखे।

प्रदेश नं. ४ का प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्राविधिक विश्वविद्यालय प्रदेशले साधन स्रोत जुटाएर नयाँ शैक्षिक संस्था सिर्जना गरिनुपर्नेमा जोड दिए ।

प्रदेशको विकास सबै क्षेत्रलाई समेट्ने गरी हुनुपर्ने बताउँदै उनले भने, “नवलपुर क्षेत्रमा पर्याप्त जग्गा व्यवस्था गर्न सकिने हुँदा अब बन्ने शैक्षिक संस्था त्यसतर्पm लैजान सकिन्छ, जसले त्यस क्षेत्रका जनतालाई पनि प्रदेशको प्रत्यक्ष अनुभूति गराउन टेवा पुग्नेछ ।”

प्रदेशसभा सदस्य मीना गुरुङले संघीय सरकारको स्वीकृति लिएर प्रदेशमा रहेका भौतिक सम्पन्न पृथ्वीनारायण क्याम्पस र पोखरा विश्वविद्यालयलाई प्राविधिक विश्वविद्यालयका रुपमा विकास गरिनुपर्नेमा जोड दिए ।

अर्का सभासदस्य बिन्दु थापाले प्रदेशमा स्थापना हुने विश्वविद्यालयले यहाँका ११ वटै जिल्लामा विषयगत संंकाय सञ्चालन गरी समानुपातिक ढंगले प्राविधिक शिक्षाको पठनपाठन गरिनुपर्ने बताए ।

सभासदस्य महेन्द्रबहादुर थकाली, मीनप्रसाद गुरुङ, ओमकला गौतम, पुष्पा केसी भण्डारी, प्रभा कोइराला, मोहन रेग्मी, विनोद केसीलगायतले शैक्षिक प्रमाणपत्र बोकेर विदेशिन बाध्य युवालाई स्वदेशमै अवसर सिर्जना गर्न प्राविधिक शिक्षामा जोड दिनुपर्ने धारणा राखे।

प्रादेशिक विश्वविद्यालय तथा प्राविधिक शिक्षालय स्थापना अध्ययन कार्यदलका संयोजक प्रा. डा. गणेशमान गुरुङले प्रदेशका मनाङवाहेक १० वटा जिल्लामा पुगेर प्राज्ञिक व्यक्तिबाट संकलन गरिएको सुझाव प्रदेश सरकारलाई निकट भविष्यमा बुझाइने जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस