२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

औषधिको मूल्य सरकारले तोक्ने : स्वास्थ्यकर्मीले ‘जेनेरिक’ नाम दिनुपर्ने

अ+ अ-

काठमाडौं । “वीर अस्पतालको विशिष्ट उपचार कक्ष उपयोगमा ल्याउनु प-यो । विशिष्ट व्यक्तिले सेवा लिन जानु प-यो । अस्पतालले प्रदान गर्ने स्वास्थ्यकर्मी, उपकरण, प्रयोगशालालगायतका सेवा विदेशका अस्पतालभन्दा यहाँ कमी छैनन् ।”

“विदेश उपचार गर्न जानुपरे उनीहरुको निजी खर्च होस् । प्रस्तुत विधेयकमा (जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक) संशोधन हुनु आवश्यक छ ।” प्रतिनिधिसभाको बैठकमा सत्ता पक्षका सांसदले व्यक्त गरेका यस्ता भनाइलाई प्रायः प्रतिपक्षका सांसदले कमै समर्थन गर्छन् तर सत्ता पक्षका सांसद खगराज अधिकारीले भदौ ५ गतेको प्रतिनिधिसभाको बैठकमा व्यक्त गरेका ती भनाइलाई प्रमुख प्रतिपक्षी दलका सांसद गगनकुमार थापाले खुलेर समर्थन गरे । उनीहरु दुवै पूर्व स्वास्थ्यमन्त्री हुन् ।

वीर अस्पतालमा भएका ती कक्षले विशिष्ट व्यक्तित्वलाई स्वास्थ्य सेवा प्रदान गर्न नपाएको लामो समय बितिसक्यो । उपप्रधान तथा स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सो दिनको बैठकमा ‘जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्तुत गरोक थिए तर वीर अस्पतालको विशिष्ट व्यक्तित्वको उपचार कक्ष उपयोग बारे विधेयक मौन छ ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिमा दफावार छलफलकका विधेयक प्रस्तुत गरिएको छ । सांसद थापा विधेयकमा अति विशिष्ट व्यक्तित्व विदेशमा उपचार गर्न जाँदा राज्यकोषबाट खर्च लिन नपाइने, वीर अस्पताल अथवा स्वदेशभित्रका अस्पतालमा नै उनीहरूले उपचार गराउनुपर्ने, हरेक रोगको उपचारको योजना हुनुपर्ने’ बुँदा विधेयमा थप गर्न आवश्यक रहेको औल्याउँछन् ।

विधेयकमा आधारभूत स्वास्थ्य सेवाअन्तर्गत प्रदान गरिने सेवालाई हकका रूपमा राखिएको छ । पहिलोपटक ऐनमार्फत् राख्न लागिएका ती सेवामा खोप, एकीकृत नवजात शिशु तथा बालरोग व्यवस्थापन, पोषण, गर्भवती, प्रसव तथा सुत्केरी, परिवार नियोजन, गर्भपतन तथा प्रजनन्, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्यजस्ता सेवा छन् ।

यसैगरी अन्य सेवा अन्तर्गत सरुवा रोग, नसर्ने रोग तथा शारीरिक विकलाङ्गता, मानसिक रोग, ज्येष्ठ नागरिक, समान्य आकस्मिक अवस्था, स्वास्थ्य प्रवद्र्धन, आयुर्वेद तथा अन्य सामान्य वैकल्पिक उपचारलाई पनि पहिलो पटक ऐनमा राखिएको छ । अब यी सेवा निःशुल्क हुने र यसको आर्थिक व्ययभार सरकारले नै व्यहोर्नु पर्नेछ । सङ्घीय सरकारलाई यसको व्ययभार कति थप हुन्छ भन्नेबारे यकिन गरिएकोे छैन ।

स्वास्थ्य सेवाको पहुँच तथा सुनिश्चितताका लागि बनाइएको उक्त विधेयकमा भनिएको छ “प्रत्येक नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज र सर्वसुलभ रुपमा प्राप्त गर्ने अधिकार हुनेछ ।”

“अब आधारभूत स्वास्थ्य सेवा नपाएर अकालमा कसैले पनि ज्यान गुमाउनु पर्दैन, हरेक स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी, उपकरण र प्रयोगशालासहित गुणस्तरीय सेवा प्रदान गर्नेगरी सबैको पहुँच पु-याउने सरकारको दायित्व हुन्छ ।” प्रदेश ३ का सांसद डा राजाराम कार्कीले भने । प्रत्येक स्वास्थ्य संस्थाले आकस्मिक एवं विशेषज्ञ स्वास्थ्य सेवा गुणस्तरीय रूपमा प्रदान गर्नुपर्ने, सेवाग्राहीलाई उपचारका बारेमा जानकारी दिनुपर्ने, समान व्यवहार गर्नुपर्ने प्रावधान विधेयकमा छ ।

औषधिको मूल्य सरकारले तोक्ने

अब सरकारले औषधिको मूल्य आफैँले नै निर्धारण गर्ने भएको छ । विधेयकको दफा २८ मा भनिएको छ, “औषधिको मूल्य निर्धारण नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।” औषधि व्यवस्था विभागले अहिलेसम्म बढी प्रयोगमा आउने औषधिको मात्र मूल्य निर्धारण गर्दै आएको छ । हालसम्म विभागले ११७ प्रकारका औषधिको मूल्य निर्धारण गरेको छ । विशेषगरी क्यान्सर, मिर्गौला, उच्च रक्तचाप, ज्वरो, दम, खोकीजस्ता औषधिका मूल्य निर्धारण गरिए पनि प्रभावकारीरूपले बजार अनुगमन हुन नसक्दा चर्को मूल्यमा बिरामी औषधि खरिद गर्न बाध्य छन् ।

विधेयकको दफा २८ मा चिकित्सक तथा स्वास्थ्यकर्मीले औषधि सिफारिश गर्दा जेनेरिक (मूल) नाम लेख्नुपर्ने व्यवस्था गरिएको छ । सन् १९८५ देखि नै नेपालमा औषधि सिफारिश गर्दा जेनेरिक नाम लेख्नुपर्ने बहस उठान हुँदै आएको थियो ।

उपभोक्ताले जेनेरिक नामबाट औषधि खरिद गर्दा हालको भन्दा धेरै सस्तो पाउने दाबी औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाल बताउँछन् तर नेपाल औषधि उत्पादक सङ्घका अध्यक्ष दीपक दाहाल जेनेरिक नामममा औषधिको प्रेस्किप्सन गर्दा मूल्य धेरै नै सस्तो नहुने र गुणस्तरहीन औषधि उपभोक्ताले पाउनसक्ने बताउँछन् ।

औषधिमा हुने औषधीय तत्व वा गुणका आधारमा औषधिमा जेनेरिक नाम राखिन्छ । त्यही तत्वका आधारमा औषधि कम्पनीले फरक–फरक ब्राण्डमा औषधि उत्पादन गर्छन् ।
हाल नेपालमा विभिन्न रोगका पाँच सयभन्दा बढी प्रकारका औषधि खपत हुने बताइएको छ । अर्कोतर्फ नेपालमा खपत हुने औषधिमध्ये स्वदेशी कम्पनीका उत्पादनले ४५ प्रतिशत मात्र हिस्सा ओगटेको छ ।

अर्कोतर्फ विधेयकले प्रत्येक सरकारी अस्पतालले आफ्नै फार्मेसी सञ्चालन गरी शूपथ मूल्यमा नियमित औषधि उपलब्ध गराउनुपर्ने प्रावधान राखेको छ । पूर्व स्वास्थ्यमन्त्री अधिकारी र थापाले सो प्रावधानलाई कार्यान्वयनमा ल्याएा थिए ।

सेवाग्राहीको कर्तव्य

विधेयकमा पहिलो पटक स्वास्थ्य संस्था वा स्वास्थ्यकर्मीसँग सेवा लिने सेवाग्राहीका कर्तव्यलाई पनि स्पष्ट पारिएकोे छ । विधेयकको दफा ८ मा भनिएको छ, “आफ्नो स्वास्थ्यको सम्बन्धमा सचेत रहने, स्वास्थ्य जीवनशैली अपनाउने, योग तथा शारीरिक व्यायाम गर्ने, स्वास्थ्य संस्थाबाट प्रदान गरिने सेवा उपभोग गर्ने ।”

“स्वास्थ्य सस्थाको नियम पालन गर्ने, सेवा लिन जाँदा आफ्नो स्वास्थ्यसँग सम्बन्धित यथार्थ जानकारी दिने, स्वास्थ्यकर्मी तथा संस्थालाई सम्मान गर्ने, शारीरिक, मानसिक, लैङ्गिक हिंसा नगर्ने” कुरा पनि उल्लेख छ ।

खाद्यन्न, मासु तथा पानीलगायतका उपभोग्य वस्तु उत्पादन, भण्डारण तथा बिक्री वितरणलाई गुणस्तरीय र स्वच्छ बनाउन न्यूनतम गुणस्तरको मापदण्ड निर्धारण तोक्ने प्रावधान विधेयकमा छ । जनस्वास्थ्यलाई संरक्षण एवं प्रवद्र्धन गर्न गुणस्तरको मापदण्ड अति आवश्यक मानिएको थियो ।

जनस्वास्थ्यलाई प्रभावित पार्ने गरी मदिरा, चुरोट, सुर्ती तथा सुर्तीजन्य पदार्थको विज्ञान, उत्पादन, बिक्री तथा प्रचार प्रसारमा समेत विधेयकले रोक लगाएको छ । विधेयकले सङ्घ, प्रदेश र स्थानीय तहले आपतकालीन स्वास्थ्य योजना विकास गरी लागू गर्नुपर्ने, राष्ट्रिय जनस्वास्थ्य समिति गठन, संक्रमण रोगको रोकथाम तथा उपचार, जोखिमयुक्त क्षेत्रमा काम गर्ने कामदारको स्वास्थ्य सुरक्षा, जनस्वास्थ्यमैत्री आवास, सार्वजानिक यातायात, सडक पूर्वाधार, आकस्मिक स्वास्थ्य कोष स्थापनालगायतको व्यवस्थासमेत गरिएको छ । रासस