२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीमा औलोको उच्च जोखिम

अ+ अ-

बैतडी । पछिल्लो समय यहाँ औलोको उच्च जोखिम रहेको पाइएको छ ।

तीन वर्षयता औलोका बिरामी बढ्दै गएका जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले जानकारी दिए । जिल्लाको तल्लोस्वराड क्षेत्रको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका विभिन्न वडा औलोको उच्च जोखिममा रहेका छन् । सो क्षेत्रमा गत वर्षदेखि औलोका बिरामी फेला पर्न थालेका छन् ।

“हालसम्म ४० औलो रोगी भेटिएका छन्,” पाण्डेयले भन्नुभयो । गत वर्ष ३३ तथा यस वर्ष हालसम्ममा ७ औलो रोगी भेटिएको उनले बताए । विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि पुगेका बिरामीको रगत जाँच गर्दा औलो फेला परेको हो । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आधुनिक प्रयोगशाला सञ्चालनमा आएपछि औलोको बिरामी पत्ता लगाउन सहज भएको ल्याब टेक्निसियन रमेश बोहराले बताए । अहिले रगत जँच्न आउनेको सङ्ख्या बढ्दै गएको छ ।

तल्लोस्वराडमा औलो देखिएपछि गर्भवती महिला तथा बालबालिका बढी जोखिममा छन् । त्यहाँ स्थानीयवासीलाई निःशुल्क झुल वितरण गरिएको छ । प्रभावित क्षेत्रमा किटनाशक औषधि छर्किएको छ । लामखुट्टेको टोकाइबाट औलो रोग देखा पर्छ । औलोबाट बच्न लामखुट्टेबाट जोगिनु पर्छ ।

कृषि र पशुसेवा ज्ञान केन्द्र स्थापना

जिल्लामा कृषि ज्ञान केन्द्र स्थापना गरिएको छ । प्रदेश नं. ७ को सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहने गरी उक्त केन्द्र स्थापना गरिएको हो । पुरानो कृषि विकास कार्यालयमा कार्यालय स्थापना गरिएको जेटिए महेश अवस्थीले बताए । सोमबार ‘कृषि ज्ञान केन्द्र’ को बोर्ड राखिएको छ । कृषकलाई सहयोग पु¥याउने उद्देश्यले बैतडी र दार्चुला हेर्ने गरी सो केन्द्र स्थापना गरिएको निमित्त वरिष्ठ कृषि विकास अधिकृत कर्णबहादुर चन्दले जानकारी दिए । बैतडी र दार्चुलाका स्थानीय तहसँग संयोजन तथा समन्वयको लागि कार्यालय स्थापना गरिएको हो । कार्यालयमा वरिष्ठ कृषि विकास अधिकृतको नेतृत्वमा १६ कर्मचारीको दरबन्दी रहनेछ । सो केन्द्रमा माटो परीक्षणलगायत प्रयोगशाला, विज्ञ समूह रहने र हरेक स्थानीय तह तथा कार्यालयसँग समन्वय गरी प्राविधिक सेवा दिइनेछ ।

दार्चुला र बैतडीलाई हेर्ने गरेर पाटनमा भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पनि सञ्चालनमा आएको छ । वरिष्ठ पशु विकास अधिकृत अथवा पशु चिकित्सकको नेतृत्वमा रहने गरेर प्रदेश सरकारमार्फत् कार्यालयको स्थापना गरिएको हो । कार्यालयले स्थानीय तहसँग समन्वय गरेर काम गर्ने साविकको जिल्ला पशु सेवा कार्यालयका पशु प्राविधिक बिसनसिंह बिष्टले जानकारी दिए । रासस