२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन कर्मचारीविरुद्ध आरोपपत्र दायर

अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज तीनजना कर्मचारीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।

आयोगकाअनुसार यातायात व्यवस्था कार्यालय ठूलो भ-याङमा कार्यरत सहलेखापाल देवेन्द्र गोइत र मेडिकल सहायक नारायण श्रेष्ठविरुद्ध आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ ।

श्रेष्ठ र गोइतले ट्रायल परीक्षा उत्तिर्ण गरेका छब्बीस जना परीक्षार्थीबाट राजश्व रकमबाहेक थप १६ हजार घुसवापत लिएको तथ्यफेला परेपछि उनीहरुविरुद्ध आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए ।

सहलेखापाल गोइत र श्रेष्ठले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर गरेकाले बिगो १६ हजार सोही बमोजिम जरिवाना र कैद सजाय माग गर्दै आरोपपत्र दाय गरिएको छ ।

यसैगरी आयोगले आजै इटहरी उपमहानगरपालिका–१० का वडासचिव विदुर रेग्मीविरुद्ध आयोगमा आरोपपत्र दायर गरेको छ । होटल दर्ता प्रमाणपत्र बनाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग १३ हजार घुसवापतको लिएको अनुसन्धानका क्रममा खुलेकाले उनीविरु बिगो १३ हजार, सोहीबमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिई आरोपपत्र दायर गरिएको प्रवक्ता दंगालले बताए ।