१६ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

साफ च्याम्पियनसीप : शनिबार नेपालको अग्निपरीक्षा

अ+ अ-

काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत शनिबार अपराह्न बङ्गलादेशको ढाकास्थित बङगबन्धु रङ्गशालामा हुने समूह चरणको अन्तिम खेल जित्न सके नेपाल सेमिफाइनलमा प्रवेश गर्नेछ ।

समूह चरणको पहिलो खेल गुमाए पनि दोस्रो खेलमा उत्कृष्ट पुनरागमन गरेको नेपालका लागि शनिबारको खेल अग्निपरीक्षा बराबर हो ।

जारी प्रतियोगितामा बङ्गलादेशले तीन गोल गरेको छ भने एक गोल पनि खाएको छैन । नेपालले भने पाँच गोल गर्दा दुई गोल खाएको छ । यसरी हेर्दा बङ्गलादेशविरुद्ध गोल गर्न निकै कठिन देखिन्छ । आज बिहान ढाकामा सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान विराज महर्जनले शनिबार हुने बङ्गलादेश विरुद्धको खेल नेपालले जित्नै पर्ने बताएका छन् । कप्तान महर्जनले साफ च्याम्पियनसीप अन्तर्गत समूह चरणको तेस्रो खेल खेलाडीका लागि मात्र नभएर सम्पूर्ण नेपालीका लागि महत्वपूर्ण रहेको बताएका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

बिहीबार भएको समूह ‘ए’ को दोस्रो चरणको खेलमा नेपालले भुटानलाई ४–० को फराकिलो अन्तरले पराजित गर्यो । समूहकै अर्को खेलमा आयोजक बङ्गलादेशले पाकिस्तानलाई १–० ले पराजित गरेपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना नेपालकै खेलमा निर्भर रहनेछ ।

दोस्रोचरणको खेल सकिँदा अङ्क तालिकामा बङ्गलादेश दुई खेलमा छ अङ्क बटुल्दै शीर्ष स्थानमा रहेको छ । दोस्रो स्थानमा पाकिस्तान दुई खेलमा तीन अङ्क लिएर बसेको छ । नेपालले दुई खेलमा एकमा हार र एकमा जित निकाल्दै तीन अङ्कसाथ समूहको तेस्रो स्थानमा छ । समूहको पुछारमा रहेको भुटानले दुई खेलमा कुनै अङ्क जोडेको छैन । भुटान समूह चरणबाटै बाहिरिसकेको छ । नेपाललाई सेमिफाइनलमा पुग्न पहिलो विकल्प बङ्गलादेश विरुद्ध स्पष्ट जीत हासिल गर्नु पर्नेछ । शनिबार पहिलो खेलमा पाकिस्तान र भुटानबीचको बिजेताले पनि नेपालको अघिल्लो चरणको यात्रा तय गर्नेछ ।

भुटान र पाकिस्तानको खेल बराबरी अथवा भुटानले जितेको अवस्थामा नेपालले बङ्गलादेशविरुद्ध बराबरी खेले मात्र पनि समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गर्नेछ । यदि अर्को खेलमा पाकिस्तानले जीते नेपाललले बङ्गलादेशविरुद्ध जीत निकाल्नै पर्ने हुन्छ । यदि शनिबार हुने पहिलो खेलमा पाकिस्तानले भुटानलाई पराजित ग-यो र नेपाल बङ्गादेशसँग हा¥यो भने पाकिस्तान र बङ्गलादेश सेमिफाइनल पुग्नेछन् । नेपाल समूह चरणबाटै घर फर्कनुपर्नेछ ।

समग्रमा बङ्गलादेशलाई बराबरी अथवा जीतले अर्को चरणमा पुग्न सहज देखिन्छ । नेपालले पनि जीत दर्ता गरे अर्को चरण पुग्ने पक्का छ । बङ्गलादेशले घरेलु मैदानमा भइरहेको प्रतियोगितामा लगातार दोस्रो जीत निकालिसकेको छ । अब समूहको अन्तिम खेलमा नेपालसँग प्रतिस्पर्धा गर्नेछ । रासस

प्रतिक्रिया दिनुहोस