२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नकरात्मक टिकाटिप्पणी गरे कर्मचारीलाई एक तह घटुवा !

अ+ अ-

काठमाडौं । नेपाल वायु सेवा निगमले सामाजिक संजालमा नकरात्मक टिकाटिप्पणी गर्ने कर्मचारीलाई तत्लो तहमा घटुवा गर्ने जनाएको छ ।

निगमसँग सम्बन्धित कुनै पनि विषयमा नकारात्मक टिकाटिप्पणी सामाजिक सञ्जालमा शेयर गर्न र प्रचार प्रसार गर्न नपाउनेबारे सूचना जारी गर्दै उल्लंघन गरे तल्लो तहमा घटुवा गर्ने परिपत्र जारी गरेको हो ।

निगमका महाप्रवन्धक सुगत रत्न कंसाकारद्धारा हस्ताक्षरित परिपत्रमा भनिएको छ– ‘कर्मचारीको सेवा शर्त सम्वन्धी बिनियमावली, २०५८ को विनियम ९२(क) को खण्ड (ख) अनुसार तल्लो तहको पदमा घटुवा गरिने व्यहोरा जानकारी गराइन्छ ।’

हेर्नुहोस् परिपत्र

परिपत्रप्रति कर्मचारीको असन्तुष्टि
महाप्रवन्धक कंसाकारको यस प्रकारको परिपत्रले केही समय अघि सरकारी काममा अनिवार्य सामाजिक संजालको प्रयोग गर्नेबारेको निर्णयमाथि नै प्रश्न चिन्ह खडा हुने भन्दै निगमकै केही कर्मचारीले चिन्ता व्यक्त गरेका छन् ।

सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउने र गुनासो व्यवस्थापनका लागि सामाजिक संजालको अनिवार्य प्रयोग गर्ने भनिँरहँदा कार्यालयभित्रका कमिकमजोरी भित्रै लुकाउने नियतले यो निर्णय भएको देखिन्छ एक कर्मचारीले भने–’आफूमाथि भईरहेको छानविन र बाहिर आईरहेका कमीकमजोरी लुकाउन लादेको प्रशासकीय तानाशाह हो ।’

घरभित्रको झगडा घरमै मिलाउनुपर्छ
यता महाप्रबन्धक कंशाकारले भने संस्थाका विषयमा कर्मचारीले के बोल्न पाउने र के नपाउने भन्ने कुरा कर्मचारी विनियमावली मै उल्लेख भएको व्यवस्था भएको र अहिले सम्झाएको मात्रै बताएका छन् ।

केही दिनअघि निगमलाई जोडेर एउटा अनलाइनमा आएको नकरात्मक समाचारलाई कर्मचारीले सेयर गर्दैगर्दा अन्य कर्मचारीहरुले कारवाही गर्नुपर्छ भनि आफूकहाँ आएपछि सबै कर्मचारीलाई सुसुचित गर्न आवश्यक ठानी आन्तरिक परिपत्र जारी गरेको कंशाकारको भनाई छ ।

कार्यालयभित्रका कमि कमजोरी लुकाउने नियतले कर्मचारीलाई नियन्त्रणमा राख्न खोजेको त होइन नि भन्ने प्रश्नमा कंशाकारले त्यस्तो कुनै नियत नभई कर्मचारीलाई चित्त नबुझेको कुरा आफूभन्दा माथिल्लो तहमा राख्न सकिने तथा कार्यालयको बैठकमै पनि उठाउन सकिने भएकोले सामाजिक संजालमै पोख्न जरुरी नरहेको जिकिर गरे । उनले भने, -‘घर भित्रको झगडा असन बजारमा भन्न जरुरी छैन नि !’