१४ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

धौलीगङ्गा बाँध खोलिएपछि सतर्क हुन आग्रह

अ+ अ-

दार्चुला । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध आज बिहान पुनः खोलिएको छ ।

उक्त बाँधमा पानीको मात्रा अत्यधिक भएकाले बढी मात्रामा पानी छोडिने जानकारी बाँध प्रशासनले दिएको दार्चुला जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हिक्मत बोहराले बताए ।

उनले भने, “बिहान ८ बजेदेखि बाँध खोल्ने भन्ने जानकारी आएको छ, त्यहाँको पानी सदरमुकाम पुग्न तीन घण्टा लाग्छ ।” यस वर्षमात्रै परियोजनाको बाँध छैटौँ पटकसम्म खोलिएको हो ।

परियोजनाले पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै बेलाबेलामा बाँध खुला गर्दै आएको छ । बाँधको पानी खोल्दा महाकाली नदी तटीय क्षेत्रमा जोखिम बढ्ने भएकोले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न दार्चुला जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

बाँधबाट बढी मात्रामा पानी खोल्दा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलादेखी बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउ नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् ।

दुईसय असी मेगावाट विद्युत् क्षमताको उक्त परियोजनाको बाँध खोलिनेबारे पछिल्लो समय भारतीय प्रशासनले पूर्वसूचना गरेकाले नेपालतर्फ पनि सतर्कता अपनाउन सजिलो भएको हो । वि.सं. २०७० मा उक्त बाँध खोल्दा दार्चुला सरमुकाममा अर्बौको धनमाल क्षति भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस