२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी

अ+ अ-

रुकुम, पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका कार्यालयमा तालाबन्दी गरिएको छ । खानेपानीको माग गर्दै वडा नं. २ बेतखोलाका स्थानीयले आज बिहान गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

वि.सं. २०३९ देखि उपभोग गर्दै आएको पानीको लाइन काटिएको भन्दै बेतखोलाका स्थानीयवासीले आन्दोलन गर्दै आइरहेका छन् । लाइन जोड्न माग गर्दै बेतखोलाका स्थानीयले सोमबारदेखि गाउँपालिका कार्यालय घेराउ गरेकामा माग पूरा नभएपछि कार्यालयमा तालाबन्दी गरेको बताएका छन् । अब गाउँमा खानेपानीको आपूर्ति नियमित नभएसम्म तालाबन्दी नखोल्ने स्थानीय भुपेन्द्र बोहोराले बताए ।

लिखित तथा मौखिक निवेदन र गाउँपालिकामा धर्ना दिँदा पनि माग पूरा नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ । गाउँपालिकाले हिजो भएको छलफलमा खानेपानीको आपूर्ति नियमित गरिदिने मौखिक प्रतिबद्धता गर्दै आन्दोलन फिर्ता लिन आग्रह गरेको थियो ।

तर स्थानीयले भने खानेपानीको आपूर्ति सुचारु नभएसम्मका लागि आन्दोलन फिर्ता नहुने अडान लिँदै गाउँपालिका कार्यालयमै तालाबन्दी गरेका हुन् । वडा नं. २ कै चिन्छरे टोलका स्थानीयले बेतखोलामा आएको पाइप काटेर खानेपानीको आपूर्ति बन्द गरिदिएको बेतखोलाका स्थानीयवासीको भनाइ छ । रासस